सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोजगारीको लागि भारत हिड़ेका कामी नेपालगन्जमा मृत फेला


नेपालगन्ज, सल्यान जिल्ला बनगड़ कुपिण्डे नगरपालिका ३ बस्ने बर्ष ६२ का तेज बहादुर कामी ४ दिन अघि रोजगारीको शिलशिलामा भारत जान भनि घरबाट साथीहरुसँग निस्किएका नेपालगन्ज पुगी राति नेपालगन्ज बॉस बसेका कामि आज दिउँसो १२ बजे नेपालगन्ज १ पुष्पलाल चौक स्थित प्रहरी गुल्म सँगै रहेको तलाउमा मृत अवस्थामा फेला परेका हुन ।

यसरी ब्यस्त ठाउँमा रहेको प्रहरीको आँखा अगाड़ी मान्छे मृत हुँदा समेत प्रहरीले थाहा समेत पाएन । गाँउबाट सँगै कामका लागी निस्केका अन्य साथीहरु भने भारत पुगी सकेका छन् भने तेजबहादुर कामी हराएको खबर प्रहरी समेत उनका आफन्तहरुले उजुरी दर्ता गराएका थिए ।


कामीको शव तलाउबाट निकाली मुचुल्का उठाई पोस्टमॉटमका लागी भेरी अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »