सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चोक–चोकमा साबुन पानीले हात धुने ब्यवस्था मिलाउँदै वडा अध्यक्ष वर्मा

नेपालगञ्ज, विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको संक्रमणबाट वडाबासीलाई बचाउन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले स्वास्थ्य र सरसफाई सचेतना सुरु गरेको छ ।

वडा अध्यक्ष दिपक वर्माको अगुवाईमा सोमबार वडाका विभिन्न स्थानमा ट्यांकीसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको छ ।

वडा अध्यक्ष वर्माको अगुवाईमा सोमबार कारकादौं चोक,सिक्टा अगाडी र भुजईगाउँस्थित बुद्ध चोकमा कोरोना भाईरसबाट जोगिन सचेतनामुलक ब्यानरसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको हो ।

वडाबासीको बढि जमघट हुने स्थानमा साबुनपानीको ब्यवस्था गरिएको हो ।

वडा अध्यक्ष वर्माले भिडभाड नगर्न र सेल्फ क्वारेन्टाईमा घरभित्रै बस्न वडाबासीमा आव्हान गर्नुभएको छ । वडा सदस्य दिग्विजय ढुंगानाले वडाबासीको स्वास्थ्यप्रति जनप्रतिनिधीहरु गम्भिर भएको बताउनुभयो ।

वडा कार्यालयबाट कामकाज बन्द भएपनि आफुहरु वडाबासीमाफ स्वास्थ्य र सरसफाईको सन्देशसहित पुगेको ढुंगानाले बताउनुभयो ।

वडा अध्यक्ष वर्माका अनुसार वडाभित्रका विपन्न समुदायका लागि सावुन वितरण गरिने भएको छ । यसैगरी वडाबासीलाई मास्क पनि वितरण गरिने भएको छ ।

वडा कार्यालयले स्वास्थ्य सचेतनाका लागि वडामा माईकिङ सुरु गर्दैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »