सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२८ ग्राम ३७० मिलिग्राम अवैध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडौं । पार्सल गर्न लागेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई राखेको अवैध लागूऔषध ब्राउन सुगर २८ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१२ कालीझोडा बस्ने वर्ष ३० को राजु बिश्वकर्मा र ईलाम नगरपालिका-१ बस्ने वर्ष २० को दिपक दाहाल रहेका छन् ।  

ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरीले टोलीले बिर्तामोड नगरपालिका-१ पश्चिम बसस्टपमा काठमाडौं ज्याकेट पार्सल गर्न आएका विश्वकर्मालाई जाँच गर्दा पार्सल गर्न ल्याएको ज्याकेटमा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपकको हो भन्ने खुल्न आएपछि बिर्तामोड नगरपालिक-१ बाट दिपकलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »