सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धेरैको रोजाइ बन्दै नेपालटारको मिठो बेकरी

काठमाडौं । अहिले पनि जन्मदिन होस् वा बर्थ डे, म्यारिज एनिभर्सरी बेबी सावरलगायत हरेक शुभकार्यमा केकको प्रयोग बढ्दै गएको छ ।

काठमाण्डौ तारकेश्वर ११ स्थित नेपालटार संचालनमा रहेको मिठो बेकरी गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै गएको छ। गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पुर्‍याउने अवधारणाबाट यो केक सपको स्थापना गरिएको छ ।

लामो समय वैदेशिक रोजगारमा रहँदा सिकेको सीप र अनुभवलाई संगाल्दै एक्जुकेटिभ पेस्ट्रि सेफ योगेन्द्र थापाले बेकरी उद्योग सञ्चालन गरेका हुन् ।

मिठो वेकरीमा सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्चप्राथमिकतामा राखेको जनाएको छ ।

बेकरी मार्फत बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट,कुकिज कोदो, जौ, फापर, तिल, मुग्रेलोका विभिन्न प्रकारका पाउरोटी गुणस्तरीय केक र विभिन्न बेकरी आइटम उपलब्ध गराइएको छ ।

अन्य बेकरी आइटम भन्दा भिन्न स्वाद हाम्रोमा पाइन्छ, अर्डर गरेको १५ मिनेटमानै वर्थ डे केक उपलब्ध गराउछौ’ स्कुल , कलेजको लागि छुटको व्यवस्था पनि व्यवस्था छ ।

केक तथा बेकरी आइटम अनलाइन अर्डर पनि सकिन्छ । होम डेलिभरीको पनि व्यवस्था छ -थापाले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »