सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिका ३ मा पाँच सय ४१ जनालाई निस्सा वितरण


नेपालगन्ज, बाँके जिल्लाका भूमीहिन तथा सुकुम्वासी नागरिकलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि अहिले विभिन्न पालिकामा निस्सा वितरण गरिएको छ । शुक्रबार जिल्लाको जानकी गाउँपालिका ३ मा पाँच सय ४१ जना भूमीहिन तथा सुकुम्वासी नागरिकलाई जग्गाको निस्सा वितरण गरिएको हो ।


राष्ट्रिय भूमी आयोग बाँकेको अगुवाइमा जानकी गाउँपालिका ३ का पाँच सय ४१ जना दलित भूमीहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गाधनी पूर्जा प्राप्तीका लागि निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष छव्वन खाँले जानकारी दिनुभयो ।
अध्यक्ष खाँका अनुसार छ वटा वडा रहेको जानकीमा हालसम्म चार वडामा निस्सा वितरण कार्य सम्पन्न भईसकेको छ । वडा नम्बर २ मा पाँच सय २, वडा नम्बर ४ मा चार सय ६०, वडा नम्बर ६ मा दुई सय ४१ जना र आज शुक्रबार वडा नम्बर ३ मा पाँच सय ४१ जना दलित भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी नागरिकहरुलाई निस्सा वितरण गरिएको हो ।
बाँकी रहेका दुई वटा वडामा पनि हप्तादिन भित्र निस्सा वितरण गरिने उहाँले जानकारी दिनुभयो । जग्गाधनी पूर्जा प्राप्तीका लागि निस्सा वितरण कार्य पहिलो प्रकृया भन्दै अध्यक्ष खाँले अबको ४–५ महिना भित्र निस्सा प्राप्त गरेका नागरिकलाई जग्गाधनी पूर्जा समेत वितरण गरिने बताउनुभयो ।
राष्ट्रिय भूमी आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले आयोगले आफ्नो कामलाई तिब्रताका साथ अगाडि बढाउँदै लगेको बताउनुभयो । उहाँले भूमीहिन दलित सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिएर उनीहरूलाई आफ्नो जग्गाको मालिक बनाउने सरकारको अभियानलाई आयोगले जिम्मेवारी ढङ्गले अगाडि बढाइरहेको बताउनुभयो ।
निस्सा वितरण कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्वन खाँ, वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार वर्मा, राष्ट्रिय भूमी आयोग बाँकेका सर्वेक्षक मीना धिताल, स्थानीय राजनैतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »