सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा प्रथम किशोर सिंह राठौर यु(१६ कपमा आइडियल विजयी


नेपालगन्ज ,प्रथम किशोर सिंह राठौर यु(१६ कप क्रिकेट प्रतियोगितामा आइडियल सेकेन्डरी स्कुलले जित हासिल गरेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च मावि खेल मैदानमा मंगलबार भएको खेलमा आइडियलले महेन्द्र सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गरेको छ ।

सुरुआतमा ब्याटिङ गरेको महेन्द्रले १८।१ ओभरमा १ सय २८ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि आर्यन खत्रीले ३१ रन, महेन्द्र आलेमगरले २० रन, विशाल खड्का र सौरभ शाहीले १०(१० रन बनाए । आइडियलका वलर अनस कसगर र असरफ हुसेन शाहले ३(३ विकेट, समिर अन्सारी र मुबारक अली शाहले २(२ विकेट लिन सफल भए ।

जवाफमा समिर अन्सारीले अविजित ३० रनको योगदान गरेपछि आइडियलले ३ बल बाँकी रहेको अवस्थामा जित हासिल गरेको थियो । १९।३ ओभरमा जित हासिल गरेको आइडियलका लागि समिरले ३६ बलमा २ चौका प्रहार गरे । समिर खेलमा म्यान अफ द म्याच समेत घोषत भएका थिए ।

आइडियलका अन्य प्रभावशाली ब्याटिङ गर्ने क्रममा अदान अन्सारीले ३० रन, असलम शेखले १३ रन र अनुराग बैश्यले ११ रनको योगदान गरे । महेन्द्रका वलर विशाल खड्काले ३ विकेट, आर्यन खत्री र निराजन चन्दले २(२ विकेट लिएका थिए । खेलमा म्यान अफ द म्याच घोषित समिरलाई नेपालगन्ज उप(महानगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष विवेक बाचपाईले पुरस्कृत गरे ।

यसैगरी मंगलबारको अर्को खेलमा कोहलपुरको बागेश्वारी एकेडेमीले वाकओभर दिएको छ । खेल तालिका अनुसार बागेश्वारी एकेडेमी र मंगलप्रसाद मावि बिच प्रतिस्पर्धा हुने तय थियो । तर बागेश्वरी एकेडेमी खेलमा सहभागि भएन् । ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको बाँकेका १६ टिमले सहभागिता जनाएका छन् ।

आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसारप्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »