सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुरानो बानेश्वरमा ढल खन्ने क्रममा पुरिएका व्यक्तिको उद्दार

काठमाडौं । काठमाडौं–९, पुरानो बानेश्वरमा ढल खन्ने क्रममा पुरिएका मजदुरको प्रहरीले उद्दार गरेको छ ।

मंगलबार मध्यराति ११ः४६ बजे पुरानो बानेश्वरदेखि सेतो पुल जाने बाटोको पेटीमा ढल निर्माण हुँदै गर्दा अचानक माटोको ढिस्को झरेर पाँचथरका २५ वर्षीय योगेन्द्र लिम्बु पुरिएका थिए ।

लगत्तै प्रहरी वृत्त, गौशालाबाट गएको टोलीले उनलाई उद्दार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

उद्दारपछि उपचारका लागि उनलाई फ्रन्टलाइन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »