सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उपमहानगरद्वारा सडकमा फोहोर फाल्ने नन्दादेवीलाई १० हजार जरिवाना


नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कार्वाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।


आज संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभावी म्याद नाघेका औषधि (फोहोर) फालेको भेटिएपछि नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फार्मेसी अधिकृत डा. अस्मित आचार्यले बताउनुभयो । सडकमा जथाभावी औषधिजन्य फोहोर फालेको कम्प्लेनपछि जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा र नगर प्रहरी, औषधि व्यवस्था विभाग तथा बाणिज्य कार्यालयको संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो । सडकमा जथाभावी फोहोर फालेको नन्दादेवी कन्सर्नलाई १० हजार जरिवानासंगै तीन घण्टाभित्र फोहोर उठाउन निर्देशन दिइएको आचार्यले जानकारी दिनुभयो ।


नेपालगन्जलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन ुसचेतना प्रवर्द्धन र जरिवाना अभियानु थालेको उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाले ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ । फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना गरिनेछ । नगरलाई सफा राख्न दैनिक फोहोर संकलन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई अब जरिवाना नै तिराउने नीति लिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »