सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चर्चित लोकदोहोरी गायीक ज्योतीले जिस्कीदै गीत गाएपछी दर्शक भए लठ्ठै


नेपालगन्ज, चर्चित लोक दोहारी गायीका ज्योती मगरले आई लभ यू सोल्टी भनेपछी नेपालगन्ज महोत्सवका दर्शक लठ्ठै भएका छन् । छैठौं नेपालगन्ज महोत्सवको सातौं दिन महोत्सवमा ज्योतीले जिस्काउदै ‘तलपनि पिरालो माथि पनि पिरालो चोरी खान पल्केको त्यो सेक्सी बिरालो’ बोलको गीत गाएपछि नेपालगन्जका दर्शक मसक्कै भएका थिए ।


‘कान्छी मुसुक्कै पैसा भुसुक्कै, खोली भित्र पानी चोली भित्र जवानी, सुर्खेत बुलबुल जाउला नाचौला मादलको तालैमा, नाकको फुलि कानैमा झुम्काना यसै काहा पाइन्छ र उम्कन उइ मुलाको सिन्की उइ मुलाकी चाना, तलपनि पिरालो माथि पनि चोरी खान पल्केको त्यो सेक्सी बिरालो, जाले रुमाल सोल्टीलाई बैना भो, चान चुने त काहा होला र जिमल बाउकी छोरी अधेरी मा लाको माया काली छैन गोरी’ लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको छ । गायीका ज्योतीको जोशसहितको एकपछि एक आफ्नो चर्चित चर्चित प्रस्तुतीले दर्शर्क नाच्न बाध्य भएका थिए ।

ज्योतीले जिस्काउदै आई लभ यू सोल्टी भनेर गीत गाएपछि महोत्सवका दर्शक झन् बढी झुमी झुमी नाचेका थिए । ज्योतीले करिब दर्जन बढि आफ्ना र्चिर्चत चर्चित गित गाएर महोत्सवमा सहभागी दर्शक महोत्सव स्थलमा बस्न बाध्य बनेका थिए । गायक तथा उद्घोषक दिपु मगरको प्रस्तुतीमा पनि दर्शक निकै रमाएका थिए ।
यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुती रहने आयोजक ए।जि। सर्भिस प्रा।लि।का संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीरहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

आज महोत्सवको उद्धोषण असोक रावल र मोडल बिजय पुनले संचालन गरेका थिए । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित गायक कुलेन्द्र बि।क, गायक श्रीनिवास थारु, गायिका रुपा घर्ति मगर लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »