सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री कार्यालय पुनर्संरचना गरिँदै, ६८ दरबन्दी काटिने

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन् ।

कटौती भएका दरबन्दीका कर्मचारी अब अन्यत्र काम गर्ने उनले बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा सम्बोधनका क्रममा सरकारको काम गर्ने तरिका बदल्ने भनेको भन्दै मन्त्री शर्माले त्यो काम प्रधानमन्त्री कार्यालयबाटै सुरु भएको बताइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »