सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुपन्देहीको मर्चवारमा ७ वर्षीया बालिकाको हत्या

काठमाडौं । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा ७ वर्षीया बालिकाको हत्या भएको छ । मर्चवारी गाउँपालिका वडा नं.१ इस्लामपुरकी सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो ।

उनको शव मर्चवारी–१ इस्लामपुरमा शनिबार फेला परेको प्रहरीले जनाएको छ । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालिकाको हत्या भएको खुलेको छ । हत्यामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »