सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लोसपा छोडेर रेग्मी जनमतमा प्रवेश : पाए जिल्ला ईन्चार्जको जिम्मेवारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता तथा मिडियाकर्मी मनिराम रेग्मी लोसपा परित्याग गरि डा.सि.के.राउतको नेतृत्वमा रहेको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीमा प्रवेश लगतै उनले त्यस पार्टीको महत्वपुर्ण जिम्मेवारी समेत पाएका छन् ।गत चुनावमा रेग्मी पिछडिएको कोटामा समानुपातिक उमेदवार थिए । लोसपामा रहँदा केन्द्रिय सदस्यमा सिफारीस भएका रेग्मीले जनमत पार्टी प्रवेश गर्नासाथ बाजुरा जिल्ला ईन्चार्जको जिम्बेवारी पाएका छन् ।
लामो समय भारतमा बसेर अध्ययन गरेका रेग्मी वेभसाईड डेपलभ देखि मल्टिमिडियाका ज्ञाता समेत छन् । भारतमा बस्दा भारतका बिभिन्न राजनैतिक पार्टीका नेता तथा ब्यपारीहरु संग सम्बन्ध बनाएका रेग्मीलाई अन्तराष्ट्रिय सम्बन्धकै कारण जनमत पार्टीले महत्वपुर्ण जिम्बेवारी दिएको हुन सक्ने श्रोतले बताएको छ ।
नेपालमै पनि बिभिन्न संघ संस्था तथा मिडियामा संलग्नभएका रेग्मी पछिल्लो समय सकृय राजनितिबाट अगाडी बढ्ने लक्ष्य लिएर हिडिरहेका छन् ।
बाजुरा जिल्लाको बिकृति बिसंगती अनियमितता र भ्रष्टचार बिरुद्ध बोल्दै र लेख्दै आएका रेग्मीले राजनैतिक बाटो बाट मात्र समाज रुपान्तरण गर्न सकिने भएकोले आफु राजनितिमा लाग्न बाध्य भएको बताएका छन् ।
जनमत पार्टीबाट बाजुरा जिल्लाको ईन्चार्जको जिम्मेवारी पाए लगतै रेग्मीले त्यस क्षेत्रको बिषयमा चासो दिदैं आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »