सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सहकारीमार्फत ग्रील तथा स्टील ब्यवसायीहरुको स्तरोन्नती गराउन सकिन्छ : ठुलोबाबु श्रेष्ठ

काठमाडौं । सम्पुर्ण ग्रील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभासम्पन्न भएको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघबाट शुसान्त महर्जन तथा ललितपुर महानगरपालिका सहकारी महाशाखाका अधिकृत चिरन्जिवी पोडेलको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अतिथिकोरुपमा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका उपाध्यक्ष ईश्वर खड्का , सुदन बिष्ट र महासचिव बिवेकदास श्रेष्ठको आतिथ्यता रहेको थियो भने कार्यक्रमको शभापतित्व सम्पुर्ण ग्रील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भोजराज खड्काले गर्नुभएको थियो ।
ग्रील तथा स्टीलब्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्य,भक्तपुरका अध्यक्ष किशोर खाईतु र ललितपुरका अध्यक्ष भागवत सुवेदीको समेत कार्यक्रममा आतिथ्यता रहेको थियो ।
सम्पुर्ण ग्रील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सन्चालक समिति शेयर सदस्य तथा साधारण सदस्यहरुको उपस्थितिमा सम्पन्न साधारण सभामा प्रमुख वक्ताको रुपमा बोल्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले सहकारीकै माध्यमबाट आम ग्रील ब्यवसायीहरुलाई अगाडी बढाउँदा सहज हुने भए पनि यसलाई सबैतिर ब्यवस्थित गरेर लैजान नसक्दा कताकता नमिलेको जस्तो देखिएको बताउनु भयो ।
यो सहकारी मार्फत हार्डवेयर समेत सन्चालन गरेर आमब्यवगसायीहरुलाई एक ढिक्का बनाउन गरेको प्रयासलाई महासंघले साथदिने समेत अध्यक्ष श्रेष्ठलेबताउनु भयो ।
सरकारले ग्रील तथा स्टील ब्यवसायीहरुलाई उपेक्षागरेकोमा गुनासो गर्दै अध्यक्ष श्रेष्ठले ग्रील ग्रामको अवधारणमा गएर यो ब्यवसायलाई उद्योगकोरुपमा बिकास गर्न सकेमात्र ब्यवसायीहरुलाई माथिउठाउन सकिने बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले ठुला कम्पनि र रोलिङमिलहरुले समेत ग्रील तथा स्टील ब्यवसायीहरुलाई थिचोमिचो गरेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको भन्दै ,फलामको मुल्यबृद्धि हुनुभन्दा अगाडी ब्यवसायीहरुलाई केहि थाहा नहुँदा पुरानै रेटमा कामको जिम्मालिने र सामानको भाउ बढेपछि कामगर्दा उपभोक्ता संग लफडा पर्ने पैसा फस्ने जस्तो अवस्था आएकोले रोलिङमिल र ठुला कम्पनिहरुले मुल्यबृद्धिहुनु अगाडीनै ब्यवसायीहरुलाई सतर्क गराउन माग समेत गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »