सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न भएको छ ।
गोकर्ण स्थित ग्राण्ड नोर्लिङ होटल एण्ड रिसोर्टमा सम्पन्न सो कार्यशालामा भारतका चर्चित फोटोग्राफर तथा प्रशिक्षक राजा अवस्थीले प्रशिक्षण दिएका थिए ।
संघका कार्यसमिति सदस्य, पदाधिकारीहरु,निवर्तमान अध्यक्ष,पुर्व अध्यक्षहरु ,संघमा आबद्ध सदस्य तथा अन्य फोटोग्राफरहरु सहित ६६ जनाको उपस्थितिमा कार्यशाला सन्चालन भएको थियो ।
कार्यशालामा प्रशिक्षक राजा अवस्थीले पहिलो दिन वेडिङ फोटोग्राफी तथा दोस्रो दिन वेडिङ सिनेमाटोग्राफीको बारेमा प्रशिक्षण दिएका थिए ।
संघले नेपाली फोटोग्राफर प्रशिक्षकहरुबाट बिभिन्न समयमा यस्ता कार्यशाला गराएको भएपनि अन्तराष्ट्रिय स्तरबाट प्रशिक्षक ल्याएर कार्यशाला गराएको यो पहिलो भएको श्रोतले बताएको छ ।
कार्यशाला पश्चात सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको छ । प्रमाण पत्र हस्तान्तरण कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका सल्लाहकार रत्नमान आँशु, संस्थापक अध्यक्ष ओमबहादुर पाण्डे,पुर्व अध्यक्ष मोतिबहादुर बोगटी,निर्वमान अध्यक्ष दिगंवर राजवंशी,फोटोग्राफर संघ दाङका अध्यक्ष दुर्गा प्रसाद चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
संघका वर्तमान अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सफल बनाउन ब्रम्हायणी हाईड्रोपावर कम्पनिले बिशेष सहयोग गरेको आयोजक पक्षले जानकारी गराएको छ ।

काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला को उद्घाटन तथा समापन कार्यक्रम सन्चालन संघका सचिव रमेश पण्डितले गरेका थिए ।
कार्यक्रमकोलागि सहयोग गरेको ग्राण्ड नोर्लिङ होटल एण्ड रिसोर्टले काठमाडौं फोटोग्राफर संघको आधिकारीक परिचय पत्र लिएर आएमा सो होटलमा फोटोसुट गर्दा लाग्ने मुल्यमा दश प्रतिशत सम्म छुट दिने घोषणा समेत गरेको छ ।
कार्यक्रमको समापनमा प्रशिक्षार्थीको तर्फबाट अनुभव सुनाउने क्रममा संघका पुर्व पदाधिकारी समेत रहेका जिवनाथ काफ्लेले सिकेका सबै बिषयहरुलाई ब्यवस्थित रुपमा ब्यवहारमा प्रयोग गर्न सके संपुर्ण फोटोग्राफहरुको स्तर उन्नति हुने र नेपाली बजारको माग लाई सम्बोधन गर्न मार्ग प्रशस्त भएको बताए ।
यो दुईदिने कार्यशाला को संयोजन काठमाडौं फोटोग्राफर संघका सदस्य कृष्ण पराजुलीले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »