सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिएर कहिले घट्दैन झन झन बढछ भन्ने भावना सहित समाज सेवामा सक्रिय हुँदै मोहन गमाल

काठमाडौं । खाने मुखलाइ जुँघाले छेक्दैन भने जस्तै दिएर कहिले घट्दैन भन्ने भावना सहित चलचित्र निर्माता प्रस्तुतकर्ता मोहन गमाल र हरिशन्कर गमाल, शिव गमाल समाज सेवामा लागि परेकाछन् ।
गमालले थाहा नगरपालिका वडा नम्बर ९ माझगाउँ स्थित श्रीमहालक्ष्मी प्राथमिक बिद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित खाजा खुवाएर सहयोग गरेका हुन् ।
सानै देखिको आफ्नो मनमा आउने समाज सेवाको भावना लाई मुर्त रुप दिन सुरु गरिएको कुरा मोहन गमालले जानकारी गराएका छन् ।
वडा न ९ का वडा अध्यक्ष राजकुमार बलामिको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय सन्चालक समितिका राजेन्द्र बलामी र दिनेस बलामीलेको समेत उपस्थिति रहेको थियो ।
आगामी दिनमा समेत यस्ता समाजसेवाका कार्यहरुलाई निरन्तरता दिदै जाने समाजसेवी गमालले जानकारी गराएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »