सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोस्रो विन्टर सिजन बिएमजे प्रिमियर लिग फुटसल प्रतियोगिता सन्चालन

काठमाडौं । बुढानीलकण्ठ ७ कपनमा रहेको बिएमजे रिलोडेड क्लब, फ्रेण्डस् एण्ड फिटनेसले आफ्नो नियमित कार्यक्रम अन्तर्गत कपन स्पोर्टस्को फुटसल मैदानमा दोस्रो विन्टर सिजन बिएमजे प्रिमियर लिग सेभेन ए साईड फुटसल प्रतियोगिता सन्चालन गरिरहेको छ ।
आईतबार र बिहिबार बिहान ६ बजे बाट ७ बजे सम्म कपन स्पोर्टस् को फुटसल मैदानमा भईरहेकोको प्रतियोगितामा टिम रारा,टिम फेवा,टिम सेफोक्सुण्डो र टिम तिलिचो गरि चारवटा टिमले सहभागिता जनाई रहेका छन् ।
क्लबले बर्ष मा दुईपटक विन्टर र समर सिजन लिग गराउँदै आएको क्लबका अध्यक्ष पवन खत्रीले जानकारी गराएका छन् ।
अहिले सन्चालन भईरहेको लिगको नेतृत्व अध्यक्ष पवन खत्रीले गरिरहेका छन् भने लिग सुपरभाईजरको रुपमा रोमन तिमल्सिनाले भुमिका निर्वाह गरिरहेका छन् ।
यो लिग अन्तर्गत ३० वटा खेलहरु हुनेछन् । प्रतेक महिनामा एकजनालाई महिनाको उत्कृष्ट खेलाडी र प्रतेक खेलमा म्यानअफद म्याच घोषणा गरि आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक क्लबले जानकारी गराएको छ ।
स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको अवस्थामा क्लबले गर्ने यस्ता कार्यक्रम हरुबाट युवा वर्गमा सकारात्मक भावना पैदा भई सामाजिक रुपान्तरणमा समेत टेवा पुग्ने अपेक्ष गरिएको छ ।
यो संस्थाले यसभन्दा अगाडी पनि बिभिन्न सामाजिक कामहरुमा सकृय सहभागिता जनाउँदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »