सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पिछडावर्ग महासंघ बाँकेको अध्यक्षमा महेश चौधरी चयन


नेपालगञ्ज, अखिल नेपाल पिछडावर्ग महासंघको बाँके जिल्ला भेलाबाट महेश चौधरीको अध्यक्ष ११ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

महासंघको जिल्ला उपाध्यक्षमा ओमप्रकाश मौर्य, सचिवमा नन्कु यादव, सहसचिवमा दिनेश गुप्ता चयन हुनु भएको छ ।
भेलाबाट सदस्यहरूमा जियालाल यादव, रामसुहान गडरिया, रविलाल काँदु, शंकर यादव र कौशल सिंह चयन हुनु भएको महासंघका प्रदेश कमिटी सदस्य मनोज वर्माले जानकारी दिनु भयो ।


भेलामा नेकपा (एमाले) केन्द्रीय सदस्य मोहमद हारून हलुवाईले बाँके जिल्लाको बहुसंख्यक पिछडावर्ग भएकोले यो वर्गको राजनीति र सामाजिक अधिकारी र पहुँच स्थापितका लागि एकताको खाँचो पर्ने भएकोले सोको अगुवाइ ओविसीले गर्नुपर्ने बताउनु भयो । उहाँले गाउँ वस्तीमा नागरिकलाई सचेत र संगठित बनाउने कार्य नयाँ नेतृत्वको जिम्मेवारी भएकोले सो कार्य जुट्नु पर्ने बताउनु भयो ।
भेला ओविसीका केन्द्रीय उपाध्यक्ष विनोद चौधरीले समाजको विकास र राजनीति नेतृत्व गर्ने व्यक्ति हाम्रो वर्ग(ओविसी) बाट हुनु पर्ने बताउनु भयो ।

उहाँले नेकपा (एमाले) नीति कार्यक्रमका आधारमा र महासंघको विधि विधान अनुसार काम गर्नुपर्ने बताउनु भयो ।
भेलामा महासंघका केन्द्रीय सदस्य संजय गुप्ता, महिला आयोगका पूर्व सदस्य धनेश्वरी चौधरी, नेकपा (एमाले) बाँकेका उपाध्यक्ष डिल्ली बि सी लगायतले भेलाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । भेलाको अध्यक्षता नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य सुजिता वर्माले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »