सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकीमा पीडित महिलाहरुको एकद्वार प्रणाली व्यवस्था बारे अन्तरक्रिया सम्पन्न


नेपालगन्ज, नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र नेपालगन्जको आयोजनामा तथा एक्सनएडको सहयोगमा पीडित महिलाहरुको एकद्वार प्रणालीको व्यवस्थाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम जानकी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा जानकी गाउँपालिका उप–प्रमुख रामप्यारी यादव प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल, मोहम्मद शेर बागवान आतिथि रहेका थिए ।


कार्यक्रमका प्रशिक्षक नेपालगन्ज उप–महानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मन्जु पाण्डे रहेका थिए । कार्यक्रममा हिंसामा परेका महिलाहरुको मर्यादित जीवन कसरी बिताउने, विभेदकाविरुद्ध महिला र पुरुष दुवैको भूमिका, प्रथा जन्य सवालहरु र समाजमा तिनका असर र कारणहरु, लैंगिक हिंसा र लैंगिक हिंसा निवारण कोषका बारेमा छलफल तथा सहजीकरण, सेवा प्रवाह तथा संप्रेषण प्रणाली, सिफारिस प्रणालीको प्रकृया ढांचा र एकद्वार संकट ब्यबस्थापन केन्द्रका बारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल मुस्लिम समाज विकास चेतना केन्दकी अध्यक्ष रुवि खांनले गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका जानकी गाउँपालिकामा रहेका रिफलेक्ट समूह तथा महिला अधिकार मञ्चका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले नेपाल मुस्लिम समाजले गरेको सराहनिय रहेको र जानकी गाउँपालिका सदैब साथ रहने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला महिला अधिकार मञ्चकी अध्यक्ष सकिना तेलीले गरेकी थिइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »