सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

 काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् ।

‘भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ’ छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने छ ।’

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाहरुले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको बाहिर प्रदर्शन गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »