सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नगर प्रमुख घनश्याम गिरीबाट चन्द्रागिरि डिजिटल प्रिन्टको थानकोट शाखा उद्घाटन

काठमाडौं । सतुंगलबाट फ्लेक्स प्रिन्ट, फोटो, फ्रेम, डिजिटल सेवा सुविधा, अनलाईन फर्म लगायतका सेवा दिँदै आम ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आईरहेको चन्द्रागिरि डिजिटल प्रिन्टको शाखा थानकोटमा संचालनमा आएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरे पछि बुधबार बाट थानकोटमा समेत औपचारिक शुभारम्भ भएको हो ।
प्रिन्ट, फोटो, फ्रेम, डिजिटल सेवा सुविधा, अनलाईन फर्म लगायतका सेवा दिँदै आएको चन्द्रागिरि डिजिटल प्रिन्टको थानकोट पहिलो आउटलेट हो ।
सर्वसाधारणलाई सहुलियत मुल्यमा आधुनिक प्रिन्ट सहितको विविध सुविधा दिने उदेश्यको साथ थानकोट आउटलेट ल्याएको संचालक कृष्ण पराजुलीले बताए ।
उच्चस्तरीय प्रिन्ट, ब्यानर, साइनबोर्ड, क्यानभास लगायतको कार्यको लागि लामो समय लगाएर अन्यत्र जानु नपर्ने गरी डिजिटल प्रिन्ट आएको स्थानीय राम श्रेष्ठले बताए ।
आधुनिक समाजमा सूचना तथा प्रविधिमा आएको परिवर्तनसंगै आफ्ना ग्राहकलाई सेवा सुविधा पुर्याउने थानकोट शाखा प्रमखु सुरेश महर्जनले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »