सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालका राष्ट्रपति तथा प्रधानमन्त्री सँग शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले बिहीबार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग तथा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार बिहान नै काठमाडौं आएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबारमा भएको भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ ।
परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
उनले आज परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् ।
पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »