सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना भाइरसको संक्रमण युवतीमा थप लक्षण देखिएन, अवस्था सामान्य

काठमाडौं । कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएकी १९ वर्षीया युवतीको नमूना दोस्रो पटक परीक्षण गरिने भएको छ । चैत ४ गते फ्रान्स हुँदै कतारबाट नेपाल आएकी युवतीमा आइतबार आएको रिपोर्टमा भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।

संक्रमण भएको पुष्टि भएसँगै उपचारका लागि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको छ ।

कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आए पनि ती युवतीमा अहिले कोरोना भाइरसको लक्षण भने नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीले बताए ।

‘हामी क्लिनिकल्ली प्यारामिटर हेर्दै गर्छौँ । उहाँमा अहिले थप लक्षण देखिएको छैन । अवस्था सामान्य छ । पछि लक्षण बढ्दै गयो भने थप परीक्षण गर्नु पर्ने हुन सक्छ’, उनले भने, ‘अहिले थप लक्षण नदेखिएको हुँदा नमुना परीक्षण नेगेटिभ आए ७ दिनमा डिस्चार्ज गर्छौँ र फेरि पनि पोजेटिभ आए १४ दिन राख्छौँ।’

नमुना परीक्षणमा भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएपछि काठमाडौँस्थित उनको घरमा मन्त्रालयले चारजना स्वास्थ्य अधिकारीको टोली खटाएको छ ।

युवतीको घरमा पुगेका स्वास्थ्य अधिकारीको टोलीले ‘होम क्वारेन्टाइन’मा बसेका युवतीका अभिभावकसँग छलफल गरिरहेको छ ।

अधिकारीको टोलीले युवतीका घर परिवार मात्र नभएर उनको सम्पर्कमा आएका आफन्त, साथी, छिमेकीका बारेमा जानकारी लिइ उनको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »