सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुरुनानक जयन्तीमा बिदा दिन जनमत पार्टीको माग


नेपालगञ्ज, जनमत पार्टीले गुरु नानक जयन्तीका अवसरमा बिदा दिन माग गरेको छ । जनमत पार्टीको अल्पसङ्ख्यक विभागका संयोजक हरपालसिहं सोडीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाउँदै बिदा माग गरेका हुन् ।


‘नेपाल निर्माण तथा विकासमा अहम् भूमिका निर्वाह गरेका सिख समुदाय अल्पसङ्ख्यक समुदाय भएको हुनाले राज्यका विभिन्न तह तथा निकायहरूमा आरक्षणको व्यवस्था गरिदिनुहुन तथा सिखहरूको महान् धार्मिक चाडपर्व श्री गुरुनानक जयन्तीको अवसरमा सरकारी बिदाको घोषणा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।


संविधानले सबै जाति र समुदायलाई समान अधिकारको हक प्रदान गरेकोले सिख समुदाय अल्पसङ्ख्यक भएकोले राज्यको सबै अङ्गमा समान पहुँच हुनुपर्नेजनमत पार्टीको अल्पसङ्ख्यक विभागका संयोजक हरपालसिहं सोडीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »