सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाइनका लागि आफ्नो २२४ कठ्ठा जग्गा सरकारलाई दिने पूर्व शहरी बिकास मन्त्री राईको घोषणा


नेपालगन्ज,
पूर्वशहरी बिकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले क्वारेन्टाइन बनाउन समस्या भएमा आफ्नो नेपालगन्ज वडा नम्बर २३ मा रहेको २२४ कठ्ठा जग्गा सरकारलाई दिन तयार रहेको बताउनु भएको छ ।


उहाँले कोरोनासंग लड्ने दायीत्व सरकारको मात्र नभई हामी सबै नेपालीको भएको जनाउँदै आवश्यक परेमा क्यारेन्टाइनका लागि आफूले २२४ कठ्ठा जग्गा सरकारलाई तत्काल दिन तयार रहेको बताउनु भयो ।


बरिस्ठ पत्रकार संग विशेष कुरा गर्दै पूर्वशहरी बिकास मन्त्री राईले नेपालगन्जको स्थानीय सरकारले शाही शैलीमा सम्बोधन मात्र गरेर आफ्नो जिम्मेवारीबाट पन्छिएको पनि बताउनु भयो ।

उहाँले सरकारले घरबाट बाहिर ननिस्कन गरेको आग्रहलाई सबैले स्विकार गर्नु पर्ने र कसैले पनि अनावश्यक हल्ला भ्रम र आतंक सृजना हुने कुराहरु सामाजिक सञ्जालमा हाल्न नहुने बताउनु भयो ।
उहाँले अहिले सबैभन्दा बढी त्रासमा स्वास्थ्यकर्मीहरु रहेको आफूले पाएको जनाउँदै बाँकेका विभिन्न अस्पतालहरुमा रहेका स्वास्थ्यकर्मीहरुसंग सुरक्षा उपकरणहरुको निकै अभाव रहेको देखिएको बताउनु भयो ।

सो बारेमा स्थानीय, प्रदेश र संघिय सरकारले गम्भीर भएर स्वास्थ्यकर्मीहरुलाई पीपीए, स्तरीय मास्क र स्यानिटाइजरहरु तत्काल उपलब्ध गराउनु पर्ने माग पनि गर्नुभयो ।


आवश्यक स्वास्थ्य उपकरण नहुादा स्वास्थ्यकर्मीहरुमा निकै डर देखिएको जनाउँदै उहाँले स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री उपलब्ध गराउन सकिएन भने अवस्था झनै गम्भीर बन्न सक्ने चेतावनी पनि दिनुभयो ।


यस्तो अवस्थामा सेनिटाइजेशन सबैभन्दा आवश्यक भएको भएपनि स्थानीय सरकार कानमा तेल हालेर सुतेको उहाँले बताउनु भयो । टोल टोल र मोहल्ला मोहल्लामा चुना र औषधी छर्केर सेनिटाइज गर्नु पर्नेमा उपमहानगरपालिकाले कुनै वास्ता नगरेको उहाँले बताउनु भयो ।


नगरवासी र स्वास्थ्यकर्मी दुबैले सेनिटाइज गर्नका लागि आफूलाई पटक पटक आग्रह गरेपछि आफूले सेनिटाइजेशन शुरु गराएको उहाँले बताउनु भयो ।


सोमवार अस्पताल, विमानस्थल, बसपार्क लगायतमा सेनिटाइज गरिएको जनाउँदै मंगलवारदेखि ठुलो मेसिन मगाएर गाडीबाट नगरभरिलाई नै सेनिटाइज गर्ने पूर्वमन्त्री राईले बताउनु भयो ।


उहाँले यो संकको घडीमा सबैले एकजुट भएर काम गर्न आग्रह गर्दै आफ्नो दलका नेता कार्यकर्ताहरुलाई पनि संक्रमण भित्रिन नदिन सरकारी अभियानलाई सहयोग गर्न निर्देशन दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »