सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उत्कृष्ट बन्दै रामप्रसाद सापकोटाका रचनाहरु : लोकप्रिय बन्दै “छाती चरर”

काठमाडौं । वास्तवमा वर्तमान सांगितीक बजारमा सर्जकहरुलाई सधै भरि पर्दापछााडि पारिन्छ । सबै सर्जकहरुको आ—आफ्नै कथा ब्यथा होलान, कसैले रहरले लेख्ला वा कसैले भावनामा बहकिएर लेख्ला तर गीत संगीत लोकप्रिय हुनुमा सर्जकको महत्वपुर्ण भुमिका रहने गरेको छ ।
यसै शिसिलामा गीत संगीत मार्फत आम दर्शकलाई मनोरन्जन दिने र सामाजिक जनचेतना फैलाउने कार्यमा निकै पोख्त मानिएका गायक तिलक बस्नेत र चर्चित तथा लोक प्रिय गायीका शान्तिश्री परियारको आवाजमा सजिएको गीत “छाति चरर”बोलको गीत भिडियो सहित सार्वजानिक भएको छ ।
यो गीतको शव्द तिलक बस्नेत र रामप्रसाद सापकोटाको रहेको छ । सर्जकहरुले यो गीत रचना गर्दा निकै मेहेनत गरेका छन् । यो गीतका प्रतेक हरफ र त्यस भित्रका शब्दहरुले वास्तबिक भावनाको चित्रण गरेको देखिएको छ ।
बिराज बास्कोटा र कृष्ण बस्नेतको मर्म स्पर्शि कथामा आधारीत गीत युट्युबमा सार्वजानिक हुनु अगाडीनै फेसबुक रिल तथा टिकटक जस्ता सामाजिक सन्जालमा भाईरल भएको हो ।
गीतमा लोकप्रिय गायीका शान्तिश्री परियार र गायक तिलक बस्नेतको आवाज रहेको छ भने एरेन्ज रमेश सेन्चुरी,रेकर्ड समिर कार्की,मिक्सिङ नरेन्द्र वियोगी,छायांकनमा नवराज उप्रेती,श्रृंगार विमला तामाङ,आईटी सपोर्ट राजेन्द्र अर्याल,कथा तथा निर्देशन विशाल घिमिरेको रहेको छ ।
गीतको भिडियोमा रोशनी कार्की,विराज बास्कोटा र कृष्ण बस्नेतको मुख्य अभिनय रहेको छ ।
गीत वेभ स्टुडीयोमा रेकर्ड गरिएको हो ।गीत विराज बास्कोटा अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्वजानिक गरिएको छ ।
भिडियो हेर्नुहोस्

भर्खरै

सम्बन्धित खबर

Language »