सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ खजुरा गाउँपालिका कमिटीको अध्यक्षमा बिजय मल्ल निर्वाचित


नेपालगञ्ज, नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ खजुरा गाउँपालिका कमिटीको अध्यक्षमा बिजय मल्ल निर्वाचित हुनुभएको छ ।
पुल्चोकमा शुक्रबार सम्पन्न तेस्रो पालिका अधिबेशनले मल्लको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्बसम्मत निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा अनुप थापा,सचीवमा युनुस खा,उपसचिवमा अविशेख गिरी र अनिश रिजाल तथा कोषाध्यक्षमा जमुना खड्का रहनु भएको छ ।

नव निर्वाचित कमिटीलाई सपथग्रहण गराउदै युवा संघ नेपालका केन्द्रीय सचीव खेमराज शर्माले राजानिती संगै बिकृती र बिसङगती बिरुद्ध आवाज बुलन्द पार्न निर्देशन दिनुभयो ।

कार्यक्रममा एमाले नेता लालबहादुर खत्री, भिम वली, युव संघका राजु तामाङ, ज्ञानेन्द्र वली , नारायण खनाल, मदनरत्न केसी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »