सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ नेपाल जानकीको अध्यक्षमा बुढाथोकी र राप्ती सोनारीको अध्यक्षमा अधिकारी निर्वाचित


नेपालगन्ज , राष्ट्रिय युवा संघ नेपाल जानकी गाउँपालिका कमिटीको अध्यक्षमा बुढाथोकी र राप्ती सोनारीको अध्यक्षमा नवराज अधिकारी निर्वाचित भएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल जानकी गाउँपालिका कमिटीको शनिबार सम्पन्न तेस्रो अधिबेशनबाट बिष्णु बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।
नयाँ कार्यसमितिमा राष्ट्रिय युवा संघ नेपाल जानकी गाउँपालिका कमिटीको उपाध्यक्षमा बब्लु सिद्दिकी , सचिवमा राजेन्द्र यादव , सहसचिवमा क्रमशः तारा केसी र टेक ब थापा निर्वाचित भएका छन् ।


राष्ट्रिय युवा संघ नेपाल जानकी गाउँपालिका कमिटिको तेस्रो अधिवेशनमा नेकपा एमालेका नेतहारु पदम धिताल, किशोर थापा,भुमिसरा धिताल, भिम ओली लगायतको सहभागीता रहेको थियो ।


त्यस्तै राष्ट्रिय युवा संघ नेपाल राप्ती सोनारी गाउँपालिकाको तेस्रो अधिवेशले अध्यक्षमा नवराज अधिकारीलाई चयन गरेको छ ।
अधिकारिको अध्यक्षतामा सर्वसम्मत ४१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको राष्ट्रिय युवा संघ नेपाल बाकेका सचिव सुनिल रसाइलीले जानकारी दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल राप्तिसोनारी गाउँ पालिका कमिटी को दोश्रो अधिबेशनबाट निर्वाचित हुनेमा उपाध्यक्षमा रन्जित चौधरी, सचिवमा सुमन बुढाथोकि, सहसचिवमा शंकर यादव र कुल बहादुर भन्डारी र कोषाध्यक्षमा जानकी खत्री रहेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचुव खेमराज शर्माको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा नेकपा एमालेका नेता ज्ञानेन्द्र ओली लगायतको सहभागीता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »