सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अरु व्यक्तिको नागरिकता दुरुपयोग गरेको आरोपमा सरस्वती खड्का पक्राउ

काठमाडौं / अरु व्यक्तिको नागरिकताबाट दुरुपयोग गरेको आरोपमा एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने सरस्वती खड्का भन्ने व्यक्ति हुन् ।

अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ्नो फोटो टाँस गरी खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा निजलाई पक्राउ गरिएको कुरा जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

काठमाण्डौं जिल्ला , कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ घर भई हाल काठमाडौं जिल्ला को महानगरपालिका वडा नम्बर २० बस्ने ४० वर्षकी सरस्वती खड्कालाई पक्राउ गरी बैंकिङ कसुर सजाय ऐन. २०६४ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट अनुसन्धान कार्य जारी रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »