सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैदेशिक रोजगारबाट फर्केका बिष्टले श्रीमती अर्कैसंग रंगेहात भेटेपछि

काठमाडौं । जे हुन्छ नेपालमै हुन्छ । यो केहिदिन अगाडी सिन्धुली जिल्लामा घटेको घटना हो ।
विगत १७ वर्षदेखी बैदेशिक रोजगारीको सिलशिलामा दुबईमा वस्दै आएका भोजपुर पुर्खौली घर भएका नयन्द्र विष्टले पारिवारकै सर–सल्लाह र सहयोगमा पन्ध्र बर्ष अघि कमलामाई नगरपालिका– ७ खैरेनी स्थित उनै महिला संग मागी विबाह गरेका थिए
विबाह भएको करिव १५ महिना पछी उनि पुनः बैदेशिक रोजगारिको सिलसिलामा दुवई गए । राम्रो कम्पनीमा काम भएकोले आफुले सोचेजस्तै कमाई भएकोल केहि वर्षको अन्तरमा स्वदेश आउदै–जादै गर्न थाले ।
श्रीमतीको माईती र बसाई सिन्धुलीमै भएकोले उनले कमलामाई नगरपालिका –६ रातमाटामा केहि बर्ष अघि घडेरी किनेर दुई तलाको घर बनाए । घर घडेरी जिबन–विमा सवै श्रीमतीको नाममा गरिदिए ।
अघिल्लो वर्ष चैतमा नेपाल आउदा बिष्टले आफ्नी श्रीमतीको अरुनै कुनै परपुरुषसंग सम्वन्ध भएको भेउ पाए । गएको भदौ महिनामा नेपाल आएर विष्टले श्रीमतीसंग सम्वन्ध विच्छेदको निवेदन जिल्ला अदालतमा पेश गरेका थिए । तर, श्रीमती तथा उनको माईती पक्षले भएगरेका गल्ति नगर्ने र छोरीलाई सम्झाउने भनेर मिलापत्र भएपछी उनले सम्वन्ध विच्छेदको निवेदन फिर्ता लिई उनि पुनः विदेशिएका थिए ।
आफ्नो श्रीमती परपुरुष संग लागेको आशंकामा बैदेशिक रोजगारीको शिलसिलामा दुवई रहेका विष्ट बिहिवार श्रीमती, छोरो, परिवार, आफन्त तथा छिमेकी कसैलाई पनि थाहा नदिई नेपाल आए ।नेपाल आई सिधै घर आएका विष्ट उक्त आरोपित पुरुष घरमा आउँछ भन्ने आशंकाले कसैलाई थाहा नदिई घरको माथिल्लो सिढीमा लुकेर बसे । सोही क्रममा उनको श्रीमती र एक पुरुषसंग फोनमा कुराकानी भयो ।
फोनमा कुरा भएको केही समय पछी शिक्षक कार्की मोटरसाईकल घरभन्दा अलि पर राखेर करिव रातको ९ सवा नौं वजेतिर घरमा आएका थिए । घरमा आएपछी कोठाको चुकुल लगाएर वत्ति निभाई दुईजना बसेको विष्टले प्रत्यक्ष देखेका थिए ।
कोठाको वत्ति निभाईसकेपछी ढोकाको वाहिरी चुकुल लगाईदिएर, स्थानियको सहयोगमा प्रहरीलाई बोलाई दुवैजनालाई विष्टले प्रहरीको जिम्मा लगाईदिए ।
जनज्योती प्राथमिक विद्यालयमा कार्यरत शिक्षक नवराज कार्की र कमलामाई नगरपालिका– ६ स्थित रातमाटा घर भएकी बिष्टकी श्रीमती संकास्पद अवस्थामा रातको समयमा भेटिएपछी स्थानियको रोबहरमा बिष्टले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई विहिवार राती जिम्मा लगाएका हुन ।
विष्ट दम्पतीको एक छोरा समेत छन् । तर, उनि भन्छन्, ‘यती सवै भएर पनि श्रीमतीको व्यवहार अझै सच्चिएको रहेनछ ।’ नाम नखुलाउने शर्तमा एक स्थानियले भने उक्त महिलाकोमा उक्त शिक्षक कार्की सधैजस्तो रातको समयमा आउने गरेका थिए ।
केहि समय अघि स्थानिय टोल सुधार समिति रातमाटाले समेत उक्त महिला र शिक्षक कार्कीलाई वैठकमा राखी यस्तो अनैतिक र गलत गतिविधि नगर्न सुझाएको समिति सदस्यको भनाई छ । सुधार समितिका सदस्यका अनुसार स्थानियले कयौं पटक उक्त महिला र पुरुषलाई संकास्पद अवस्थामा भेटेको थियो ।
नयन्द्र विष्टले आफुले कमाएको सवै श्रीसम्पती श्रीमतीको नाममा भएको, तर अहिले जग्गाधनी पुर्जा, जोडेको सुनचादि, आफुले विदेशबाट पठाएर बैंकमा जम्मा गरेको पैसा केहिपनी घरमा र श्रीमतीसंग नभएको बताउछन् ।

आफुले कमाएको सम्पती र जोडेको सर–सामान तथा नगद आफुले पाउनुपर्ने सम्पती आफ्नो नाममा हुनुपर्ने, श्रीमती संग सम्वन्ध विच्छेद पाँउनुपर्ने लगाएतको माग रहेको जनाँउदै उनले कानुनि राज्य भएकोले आफुलाई न्याय दिलाईदिन प्रहरी र स्थानिय समक्ष माग समेत गरेका छन ।
शिक्षक कार्कीको श्रीमती र दुई छोराछोरी छन् । शिक्षक कार्कीकी श्रीमतीले भने आफुलाई शंका लागेको उक्त कुरा गर्दा श्रीमान्ले विगतमा यातना दिने गरेको वताउदै आफु श्रीमान्संग वस्न नसक्ने बताएकी छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »