सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हैदराबादमा जनसम्पर्क समिति भारत दक्षिण पश्चिम क्षेत्रको दोस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

भारत । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत दक्षिण पश्चिम क्षेत्र हैदराबादमा अधिवेशन एवम सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा मुख्य अतिथि नेपाली कांग्रेसका पुर्ब राज्यमन्त्री एबम नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गोविन्द बहादुर शाह, विशिष्ट अतिथिमा नेपाली कांग्रेसका पुर्व आमंत्रित केन्द्रिय सदस्य,नेपाली जन सम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालाकृष्ण पान्डे,महासमिति सदस्य बल बहादुर कुवर, महासमिति सदस्य पदम अधिकारी नेजस केन्द्रिय उपाध्यक्ष लीलामणि पाण्डे,शिक्षा सचिव कासिराम आचार्य,अछाम जिल्ला सहसचिव गोविन्द विस्ट लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै सास्कृतिक संघको अध्यक्ष जनक केसि,खेल सचीव मीन बहदुर कुवर, केन्द्रिय सास्कृत सचिब टन्क बुढा, केन्द्रिय सदस्य नैन सिह बिस्ट, कपुर बिस्ट, सिनियर अग्रजन, पत्रकाररमिडिया सम्प्र्ण शाखा समिति हरु, महिला शाखा समितिहरुका सम्पुर्ण पदाधिकारी सदस्यहरु,नेपालका रास्टिय कलाकारहरुको उपस्थितिमा नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत दक्षिण पश्चिम क्षेत्रको दोस्रो अधिवेशन एबम सास्कृतिक कार्यक्रम हैदराबादमा सम्पन्न भएको छ । 

उक्त कार्यक्रमको अध्यक्षता राज बहादुर कुवर र सन्चालन नन्द सिंह बोगटीले गर्नु भएको थियो । दोस्रो अधिबेशनबाट पुन राज बहादुर कुवर सर्बसहमतले अध्यक्ष नियुक्त हुनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »