सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गौरव स्मृतिलाई समाजसेवी माधवराम बर्माद्वारा ५ धुर जग्गादान


नेपालगन्ज, गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले अब आफ्नै भवनबाट सामाजिक कार्यको दायित्व निर्वाह गर्ने भएको छ ।
नेपालगन्जमा जग्गादाता (दानकर्ता)को नामबाट ख्याती प्राप्त गर्नु भएका समाजसेवी माधवराम बर्माले आफ्नो सार्वजनिक सञ्जालको प्रयोग गर्दै गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनलाई ५ धुर जग्गा दान गरेको सार्वजनिक गरेका छन् । उनले आप्mनो आईडीबाट उक्त फाउण्डेशनलाई भवन निर्माणको लागि जग्गा दान गरेको उल्लेख गरेका छन् ।


यसैगरी गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आफ्नो आधिकारिक पेज सार्वजनिक सञ्जाल मार्फत नै जग्गादाता माधवराम बर्मालाई धन्यवाद ज्ञापन गरेको छ ।

गौरव स्मृतिले सार्वजनिक सञ्जालमा “हाम्रो संस्थाका अभिभावक संस्थाको हरेक गतिविधिमा साथ र सहयोग गर्ने दानविर श्री माधवराम वर्मा कुर्मी ज्यूले हाम्रो संस्थालाई भवन निर्माणका लागि वार्ड नं. ७ हालको ६ सिट नं. ०३५१४११२३ कित्ता नं. ९२ क्षेत्रफल ९५.५० वर्गमिटर सहयोग गर्ने जग्गादान दिनु भएकोमा हाम्रो संस्था अभारी छ र नमन गर्न चाहान्छ । अगामी दिनहरुमा पनि साथ सल्लाह र सहयोगको अपेक्षासहित नमन गर्न चाहान्छ ।” भनी उल्लेख गरेका छन् ।
गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका संरक्षक प्रदीपकुमार शाहले ‘‘हामी जग्गादाता माधवराम बर्माप्रति नमन गर्नुका साथै अगामी दिनमा कुनै अवसर पारी फाउण्डेशनको भवन निर्माणका लागि शिलान्यास गर्नुका साथै उक्त भवन निर्माणका लागि थप आर्थिक सहयोग आवश्यक भएको हुँदा अन्य सहयोग हातहरुलाई समेत आफूसँग सक्दो सहयोग गर्न समेत अनुरोध गर्दछु’’ भनी बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »