सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी संघ ललितपुरको ११औं साधारणसभा तथा बृहत वनभोज कार्यक्रम भव्यताको साथ सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायीहरुको हक,हित र उत्थानको क्षेत्रमा उल्लेख्य योगदान दिदै आएको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको ग्रील तथा स्टील ब्यवसायी संघ,ललितपुरको ११औं साधारण सभा तथा तथा बृहत वनभोज कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।


ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथिको रुपमा उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष विश्वराज बज्राचार्यको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ग्रिल तथा स्टील ब्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ ,प्रथम उपाध्यक्ष केदार अधिकारी ,उपाध्यक्ष जिवन भट्टराई,उपाध्यक्ष रुपेन्द्र बानियाँ(शिव),उपाध्यक्ष सुदन कुमार बिष्ट,महासचिव विवेकदास श्रेष्ठ,सचिव मोहनकुमार श्रेष्ठ,सचिव सुवास तिरुवा ,सह सचिव कमलमान श्रेष्ठ ,केन्द्रिय सदस्यहरु खोपाकाजि श्रेष्ठ(सुनिल),बालमुकुन्द नकर्मी,राजेश श्रेष्ठ, काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य , उपाध्यक्ष भरत लामिछाने,महासचिव याम बहादुर श्रेष्ठ(पशुपति), सचिव हरि लामिछाने ,कोषध्यक्ष नवराज पनेरु,भक्तपुर जिल्लाका अध्यक्ष किशोर खाईतु, लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा उद्योग बाणिज्य संघ ललितपुर अन्तर्गत रहेका बिभिन्न बस्तुगत समितिका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु तथा स्थानिय प्रशासनलाई समेत निमन्त्रणा गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।
प्रमुख अतिथि ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर समुद्घाटन गरेको कार्यक्रमको सभापतित्व ग्रील तथा स्टील ब्यवसायी संघ,ललितपुरका अध्यक्ष भगत बहादुर सुबेदी (भागवत)ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन संघका महासचिव शिव सुनारले गर्नु भएको थियो ।

यो कार्यक्रमको कलाकार ब्यवस्थापन तथा अतिथि संयोजन महासंघका सचिव समेत रहेका सुवास तिरुवाले गर्नु भएको थियो ।
आगन्तुकहरुलाई संघका उपाध्यक्ष किरणराज श्रेष्ठले स्वागत गर्नु भएको थियो भने कार्यक्रम ब्यवस्थापन संघका कोषाध्यक्ष नारायण श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा संघले हाल सम्म गरेका कार्यहरुको प्रगती बिवरण तथा भावी कार्ययोजना तथा अनुमती प्राप्त लेखा परिक्षकबाट प्रमाणित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गएिको थियो ।
संघ स्थापनाको ११ बर्षमा संघले आफ्नै ब्यवसायीहरुको लगानीमा सम्पुर्ण ग्रील बचत तथा ऋण सहकारी संस्था मार्फत आम ब्यवसायीहरुको हितमा कार्य गरिरहेको छ ।
ग्रील तथा स्टील ब्यवसायीहरुकै लगानीमा सम्पुर्ण ट्रेड लिङ्क नामक हार्डवेयर समेत सन्चालनमा ल्याएको छ । भने संघले भै परि आउने खर्च र योजना कार्यन्वयनको लागि हालसम्म १७ लाख ६८ हजार ६ सय ८ रुपैयाँ सन्चित समेत गरेको छ । यो हिसाबमा ललितपुर संघ काठमाडौं उपत्यकाका अन्य संघ भन्दा बलियो देखिएको छ ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिलकुमार अमात्य, उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष विश्वराज बज्राचार्य लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।


कार्यक्रमको प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठले आर्थिक मन्दि र फलाम जन्य सामाग्रीहरुको अस्वभाविक मुल्य बृद्धिको कारण आम ब्यवसायीहरुको ब्यवसाय मा प्रभावले आफुलाई चिन्तित बनाएको भन्दै यो बिषयमा प्रधानमन्त्री ,सभामुख,उद्योग मन्त्री तथा उर्जा मन्त्रीलाई समेत सात बुँदे ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले कोरोना महामारी,रुस ,युक्रेन युद्ध लगाएतका विश्वमा घटेका बिभिन्न घटनाक्रमको प्रभाव ग्रील तथा स्टील ब्यवसायीमा पनि परेकोले केहि समय धैर्य गर्न ब्यवसायीहरुमा अपिल समेत गर्नु भयो ।
श्रेष्ठले आफु महासंघको नेतृत्वमा आईसके पछि केहि नयाँ कामको शुरुवात गरेको बताउँदै महासंघको संगठनलाई संघियताको ढाँचामा रुपान्तरण गर्ने कर्मचारी तथा ब्यवसायको बिमा गरि जोखिम न्युनिकरण गर्ने , मुल्यसुची तयार गरेर बजारमा एकरुपता ल्याउने जस्ता कामहरुमा उल्लेख्य सुधार भएको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले महासंघ ग्रील तथा स्टील ब्यवसायीहरुको एक मात्र छाता संगठन भएको हुँदा महासंघको योजना सफल बनाउन सहयोग गर्ने ब्यवसायी वा संघ संस्थाको पक्षमा आफु दृढ भएर लाग्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।


वनभोज कार्यक्रलाई रौनक थप्न राष्ट्रिय संगीतकर्मी संघकी प्रथम उपाध्यक्ष उमा श्रेष्ठ , यादव श्रेष्ठ लगायतको कलाकारहरुको टोलि समेत अतिथिकोरुपमा कार्यक्रम स्थल ललितपुर २७ सुनाकोठी ,बालकुमारी मन्दिर परिसरमा पुग्नु भएको थियो ।
औपचारीक कार्यक्रमको समापन पछि संपुर्ण ब्यवसायी तथा अतिथिहरु भरपुर मनोरन्जनमा सरिक भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »