सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संस्थालाई सुख,दुःखको साथि बनाउने प्रयत्न गरिरहेका छौं — राजकुमार खड्का

काठमाडौं । आम ग्रील तथा स्टील ब्यवसायीहरुको उत्थानको लागि स्थापना गरिएको ग्रील तथा स्टील ब्यवसायी संघलाई आफ्ना सदस्यहरुलाई सुख,दुःखको साथि बनाउन प्रयत्न गरिरहेको ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्र अन्तर्गत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिका अध्यक्ष राजकुमार खड्काले बताउनु भयो ।
यस एरियामा आबद्ध भएका दिनेश वर्कशप खुसीबुँका सन्चालक ध्रुव सुनारको असामहिक निधन भएपछि उहाँको काजकृयामा रहेका छोराहरु संग भेटघाट गर्ने क्रममा अध्यक्ष खड्काले सोकुरा बताउनु भएको छ
संचारकर्मी संग कुराकानी गर्दै खड्काले संस्थाको महत्व नबुझेका ब्यवसायीहरुलाई बुझाउन नसक्नु आफ्नै कमजोरी भएको बताउनु भयो । यो एरिया समितिमा मात्रै करिब ५० जना ब्यवसायीहरु आबद्ध भएका छन् ।
ब्यवसायी ध्रुव सुनार निधनमा दुःख ब्यक्त गर्दै समवेदना पत्र हस्तान्तरण गर्न ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , उपाध्यक्ष जिवन भट्टराई , काठमाडौं जिल्लाका उपाध्यक्ष राम प्रमोद ठाकुर, पश्चिमक्षेत्रका वरिष्ठ उपाध्यक्ष आसमान थापा , एरियाका अध्यक्ष राजकुमार खड्का, उपाध्यक्ष बाबुराजा महर्जन,कोषध्यक्ष रामहरी सिन्चुरी ,सह सचिव प्रदिप वन सहितको टोली काजकृयामा रहेका छोराहरु संग भेटघाट गर्न कामपा १६ तार्केश्वर धाम (गुम्बा) माछापोखरी पुग्नु भएको थियो ।
सबै ब्यवसायीहरुले समयमै सुचना प्रदान गर्ने बानिको बिकास गर्नु पर्ने भन्दै अध्यक्ष खड्काले एउटै संस्थामा रहेर कार्य गरेपछि आफ्नो गाँसै काटेर भएपनि सहयोग गरिने बताउनु भयो । कति पय अवस्थामा समयमानै जानकारी नपाउँदा बचाउन सकिने सम्भावना रहँदा रहँदै पनि साथिभाई, आफन्त गुमाउनु परेको पिडा सम्झदै अध्यक्ष खड्काले वर्तमान अवस्थामा बिकास भईरहेको सामाजिक संजालमा जोडीएर प्रबिधिमैत्रि बन्न समेत सबै ब्यवसायीहरुमा आह्वान गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »