सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामेछापको सुनापाती ५ भिरकोटमा फागुन ५ गते गायक प्रबिन्स् मोक्तानको प्रस्तुती रहने

काठमाडौं । तामाङ समुदायको नयाँ बर्षको रुपमा मनाईने सोनाम ल्होछारको उपलक्ष्यमा देशका बिभिन्न ठाउँमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमहरु भई रहेका छन् ।
यसै बिच यहि फागुन ५ गते रामेछाप जिल्लाको सुनापाती गाउँपालिका वडा नं. ५ भिरकोट मा सुनापाती गाउँपालिकाको समन्वय तथा बृहत ल्होछार मुल समारोह समितिको आयोजनामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०८० हुने भएक
मन्जुश्री सम्वत् २८६०को उपलक्ष्यमा हुने कार्यक्रमको प्रमुखअतिथिको रुपमा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान तथा बिशेष अतिथिमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ रहने आयोजक पक्षले जानकारी गराएको छ ।
कार्यक्रममा तामाङ गीत संगीत तथा चलचित्र क्षेत्रमा समेत लामो समय कार्य गरिसकेका नायक तथा गायक प्रबिन्स् मोक्तानको बिशेष प्रस्तुती रहने श्रोतले बताएको छ ।
स्टेज कार्यक्रमहरुमा यो बर्ष निकै रुचाईएका गायक मोक्तानले काठमाडौंको टुडीखेलमा भएको बृहत ल्होछार कार्यक्रम , काभ्रेको रोशी ११ मा रहेको डम्फु पार्कमा भएको ल्होछार कार्यक्रम लगाएत दर्जनौ कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिई सकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »