सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको पहिलो अडिसन सम्पन्न

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयबाट सकृय भुमिका खेल्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको पहिलो अडिसनआज सम्पन्न भएको छ ।
देशैभरबाट उपत्यकामा आई बसोबास गरिरहेका तथा यहिँका स्थानियहरुको सहभागिता रहने भनिएको यो कार्यक्रम अन्तर्गत नृत्य बिधामा रानिबन स्थित केएमबि डान्स सेन्टरमा भएको अडिसनबाट ७ जना सेमिफाईनलको लागि चुनिएका छन
काठमाडौंको कपन ,नयाँबानेश्वर र रानिबन क्षेत्रमा अडिसन सम्पन्न भएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेले जानकारी दिनुभएको छ ।
पहिलो अडिसनमा निर्णायकको भुमिकामा मोडल तथा नृत्य प्रशिक्षक रमेश बिष्ट (मिलन) , नृत्य प्रशिक्षक दिपक एसके रहनुभएको थियो ।
आज भएको पहिलो चरणको अडिसनको रानिबन क्षेत्रबाट निर्भानी अधिकारी,सुश्मा बस्याल,नोनिमा लिङ्देन, मनिषा बस्याल,स्नेहा पराजुली,सुप्रिया थापा,रबिना पाण्डे सेमि फाईनलकोलागि चुनिएका हुन् ।
सेमि फाईनल कार्यक्रम आउँदो फागुन १२ गते ठमेलमा हुने जानकारी आयोजक पक्षले गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »