सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘मेरो प्रेम कुनै प्रतिस्पर्धा’ अहँ… हुँदै हैन

सरु

मैले प्रेम गरेको हुँ प्रिय्
कुनै प्रतिस्पर्धा होइन
कस्ले कस्लाइ जित्ने कस्ले कस्लाइ उच्छिन्ने ?
म तिमी जस्तो प्रेम मा युद्ध छेड्न सक्दिन
मेरो जित मेरो हार आखिर को सित ??
तिमी नै म र म नै तिमी जस्तो लाग्ने मलाई
तिम्रो हार मेरो हार सरह नै लाग्छ ।
म समस्या मा समाधान खोज्छु
लडाइ तिमी सित होला
चित नबुझ्दा होला
तर
सम्बन्ध सित होइन
नाता सित होइन
तेसैले यसरी नाता सम्बन्ध नै दाउ मा राखेर युद्ध म गर्न सक्दिन
तिम्ले झै मन बदल्न पनि अहँ म सक्दिन
मलाई प्रेम मा तिम्लाइ जितेर काहीँ दौडिनु थिएन
यदि एक अर्का लाई उछिनेर टाढा पुगेर देखाउनु नै प्रेम हो भने ।
के म दौडिन सक्दिन होला ??
मेरा पनि खुट्टा छन
अझ उकालो ओरालोमा लिफ्ट दिने नै धेरै भेटिन्छ्न ।
म जान सक्थे टाढा धेरै टाढा
शिखर को चुचुरो मा पुगेर भन्न सक्थे यी हेर त
आज म सन्सार को उचाइ मा छु
तिमी कहाँ आइ पुग्यौ ??
तर अहँ म जान चाहान्न
ती शिखर र गन्तव्यमा मलाइ नि पुग्नु थियो
तर तिमी सङै तिम्रा हात समाएर
तर तिम्रा फुत्किदै गरेका हात समात्नु सायद मेरो मात्रै बस मा पनि नहोलान् ।
किनकि मायामा एकोहोरो म हुन नि सक्दिन
जब सम्म तिमी दोहोरो हुन्नौ ती सम्भब छैन पनि ।
मेरो त स्वातन्त्र प्रेम म तिमी लाई कहिले बाध्दिन ।
तिमी जाही जान सक्छौ
जो सुकै सङ जान सक्छौ
यस्को मत्लब यो होइन नि कि म तिम्लाइ प्रेम गर्दिन
तर प्रेम को नाम मा बाध्यता पनि म सृजना गर्दिन प्रिय ।
तर तिमि सजिलै मोडिन सक्ने मान्छे
आज जोडिन भोलि छोडिन सक्ने मान्छे
तेसैले तिम्रो जस्तो प्रेम त म चाहेर नि गर्न सक्दिन ।
किन कि मेरो प्रेम कुनै प्रतिस्पर्धा अहँ हुँदै हैन ।।
सरु

भर्खरै

सम्बन्धित खबर

Language »