सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी यातायात प्रालीको सहकार्यमा उत्तरप्रदेश परिवहनले नेपालगञ्जबाट यात्रु बस चलाउन थाल्यो


नेपालगञ्ज, भारतको उत्तरप्रदेश राज्य सरकारद्वारा सञ्चालित उत्तरप्रदेश परिवहन निगमले भेरी यातायात प्रालीको सहकार्यमा नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्ली र प्रदेश राजधानी लखनउमा सिधा बस सेवा सुरुवात गरेको छ ।

लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्री, उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाका प्रबन्धक अंकुर विकास र प्रालीका अध्यक्ष राजेन्द्र गिरीले संयुक्तरुपमा हरियो झण्डा देखाएर बस सेवाको सुभारम्भ गर्नुभयो । सो अवसरमा प्रदेश सांसद खत्रीले यात्रुको सहजता र कम शुल्कमा बस सेवा सुरु हुनु सकारात्मक भएको बताउनुभयो ।

भेरी यातायात प्रालीका अध्यक्ष राजेन्द्र गिरीले नेपालगञ्ज बसपार्कबाट प्रत्येक दिन विहान लखनउका लागि दुई र नयाँ दिल्लीका लागि दुई गरि चारवटा साधारण बस छुट्ने बताउनुभयो । भेरी प्रालीका सञ्चालक इन्द्र पुनका अनुसारा नयाँ दिल्ली सम्मको भारतीय रुपियाँ ८८७ र लखनउ सम्मको भारतीय रुपियाँ ३९० बस भाँडा तोकिएको छ ।

भारतीय पक्षले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा बसको सङ्ख्या बढाउने र वातानुकुलित बस सेवा समेत सञ्चालन गर्ने जनाएको छ । निकट भविष्यमा प्रत्येक घण्टामा बसहरु सञ्चालन गर्ने तयारी भईरहेको प्रालीका सञ्चालक प्रमोद धितालले बताउनुभयो । प्रालीले पनि नयाँ दिल्ली र हरिद्वारमा वातानुकुलित बसहरु नेपालगञ्जबाट सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक उमेश गुरागाईले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »