सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आर्थिक अवस्था कमजोर भएका सिन्धुपाल्चोकका टोप बहादुर लामालाई बचाउन अपिल

काठमाडौं । गाँस,बास,कपास,स्वास्थ्य,शिक्षा,रोजगार लाई आम नागरिकको नैसर्गिक अधिकारको रुपमा संबिधानमा उल्लेख गरिएता पनि ब्यवहारिक तथा संबिधान कार्यन्वयनको पाटो भने त्यस्तो देखिएको छैन ।
आफु स्वस्थ रहुन्जेल मरिमेटेर समाजकोलागि कार्यगर्ने मानिसलाई समेत अलि जटिल रोगलागे पछि उपचारखर्च जुटाउन नसकेर अकालमा ज्यान गुमाउनु पर्ने अवस्था बिद्यामान रहेको देखिन
सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका वडा नम्बर १ छहरे गाउँका ५६ बर्षका गाउँमा म्हेमे लामा उपनामले चिनिएका टोपबहादुर लामाले आफुलाई बचाउन अपिल गर्नु भएको छ ।
कलेजोमा समस्या भएका लामाले कलेजो प्रत्यारोपण गर्न आवश्यक रकमको जोहो गर्न नसक्दा उपचार हुन नसकेको हो ।
लामाको कलेजो पुर्णरुपमा बिग्रिएकोले कलेजो प्रत्यारोपण गर्नु परेको हुँदा आफू एक्लैले उपचार खर्च जुटाउन नसक्ने अवस्थामा रहेको भन्दै सम्पूर्ण मनरुपी सहयोगी आफन्तहरु, आम नेपाली दाजुभाइ, दिदीबहिनीहरु र सामाजिक संघ सस्थाहरुमा सहयोगको लागि विनम्रताका साथ हार्दिक अनुरोध गर्नु भएको छ ।
सहयोग दाताहरुले सहयोग गर्न चाहेमा नेपाल ईन्भेष्टमेन्ट मेघा बैकमा बिरामी आफैं टोप बहादुर लामाको नाममा रहेको खाता नम्बर १७३०५२२००००३२१ मार्फत सहयोग गर्न सक्नुहुनेछ भने ९७६७८६२४१५ मा सम्पर्क गरेर भेटघाट समेत गर्न सकिने पारिवारिक श्रोतले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »