सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तार्केश्वर नगरपालिकाले फागुन १३ देखि चैत्र ७ गते सम्म दादुरा–रुबेला बिरुद्ध खोप अभियान सन्चालन गर्ने

काठमाडौं/ दादुरा–रुबेला खोप अभियान अन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिकाले आगामी १३ गतेदेखि ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाउने भएको छ ।

नगरपालिका ६ वडा कार्यालयमा आमसञ्चारकर्मीहरुका लागि खोप अभियान सफल पार्न १ दिने अभिमूखीकरण कार्यक्रमको आयोजना गरी उक्त अभियानको जानकारी दिईएको हो । तारकेश्वर नगरपालिकाभित्रका ४१ हजार ४ सय ६४ बालबालिकाहरुका आवश्यक परिमाणमा खोप तयारी अवस्थामा राखिएको नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमूख विनोदकुमार शाहले जानकारी दिएका छन् ।

राष्ट्रिय खोप कार्यक्रममा आबद्ध जनशक्ति र प्राविधिकहरु समेत परिचालन गर्न नगरपालिकाको खोप समन्वय समितिको बैठकले निर्देशन गरेका सबै प्रकृया अपनाएर खोप कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । उक्त खोप कार्यक्रम सञ्चालन गर्न खोपकेन्द्रहरुमा परिचालन हुने सबै स्वास्थ्य प्राविधिक जनशक्ति र स्वयम्सेवकसेविकाहरुलाई आवश्यक तालिम र परामर्श प्रदान गरिसकिएको र एउटा खोप केन्द्रमा दुई जना म्याक्सिनेटर र तीन जनासम्म स्वयम्सेवक परिचालन गर्ने तयारी भईसको पनि अधिकृत शाहले जानकारी दिएका छन् ।

३ जना स्वयम्सेवकमध्य एक जना महिला र नगरपालिकाभित्रका प्रत्येक स्वास्थ्य सेवा केन्द्रबात दुई दुईजना स्वास्थ्यकर्मीहरुका साथै जुन जुन विद्यालयहरुमा खोप कार्यक्रम सञ्चालन गरिदै छ त्यो विद्यालयका एक जना शिक्षक खटाउने तयारी भएको पनि उनले बताए । त्यसैगरी खोप केन्द्रहरुमा नगरपालिकाको स्वास्थ्य संस्थाका एक जना चिकित्सक पनि सहभागी गराउने जनस्वास्वास्थ्य अधिकृत विनोदकुमार शाहले बताए ।

तारकेश्वर नगरपालिका जनस्वास्थ्य अधिकृत शाहले दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरपालिकाले आगामी फागुन १३ गतेदेखि सञ्चालन हुने नगरपालिकास्तरको अभियानको बारेमा जानकारीमूलक एउटा कार्यपत्रसमेत प्रस्तुत गरी अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेका थिए ।

देशब्यापी रुपमा सञ्चालन भईरहेको सो अभियानले नेपालबाट दादुरा–रुबेला महामारीको अन्त्ये गर्न एउटा कोशे ढुङ्गा सावित हुने भएकोले यो अभियानमा सघाउन सम्पूर्ण नगराबासी र सरोकारवालाहरुलाई आग्रह समेत गरे । उनले भने ‘तारकेश्वर नगरपालिकाभित्र रहेका १ सय २२ विद्यालयहरुमा सञ्चालन गरिने दादुरा–रुबेला खोप अभियानले सञ्चालन गर्ने खोप कार्यक्रममा ९ वर्ष माथिका र १५ वर्षमुनीका बालबालिहरुलाई सहभागी गराई सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा म अपिल गर्न गर्दछु ।

’ उनले विगतदेखि जारी रहेको यो अभियान सञ्चालन गर्दा गर्दै पनि कतिपय स्थानहरुमा दादुरा–रुबेला प्रकोपका रुपमा देखा पर्न थालेकोले यो अभियान प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नु पर्छ र राज्यले लिएको लक्ष्य सन २०२६भित्रमा पोलियो रोगसँगै दादुरा–रुबेला महामारी पनि निर्मूल पार्नु अपरिहार्य छ ।

’ दादुरा–रुबेला विरुद्धको खोप अभियान दुई चरणमा सम्पन्न गर्न लागिएको बताउँदै जनस्वास्थ्य अधिकृत विनोदकुमार शाहले ५ वर्ष मुनि र ९ महिनामाथिका बालबालिकाहरुका लागि एउटा कार्यक्रमहरु रहेको छ भने ५ वर्षमाथि र १५ वर्षमुनिका बालबालिकाहरुका लागि खोप कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।

कुनै पनि राष्ट्रिय खोप कार्यक्रमबाट बञ्चित ५ वर्षका मुनिका बालबालिकालाई पनि खोप सेवा उपलब्ध गराउन सकिने वातावरणसहित ५ वर्षदेखि माथिका बालबालिकाहरुलाई विसुद्ध दादुरा–रुबेला विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने उनले प्रष्ट पारे ।

भर्खरै

सम्बन्धित खबर

Language »