सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोर्खाली रग्वी क्लबले जित्यो राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि

काठमाडौ ।राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।

अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्वी ९ अंक सहित च्याम्पियन बनेको हो । गोर्खाली रग्वीले रनिङ ट्रफी सहित १ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो बन्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपीएफ उपविजेता बनेको हो । एपीएफले ७ अंक जोड्यो । एपीएफले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद प्राप्त गर्यो । च्याम्पियनसिपमा तेस्रो भएको आर्मीले ५ अंक जोड्यो । नेपाल प्रहरी ३ अंकसाथ ४ टिम सहभागी लिगमा अन्तिममा रह्यो ।

प्रतियोगितामा एपीएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार नगद पुरस्कार हात पारे ।

लिगमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समेटेर राष्ट्रिय टिम निर्माण गरिने आयोजक नेपाल रग्वी संघले जनाएको छ । लिगलाई आगामी वर्षमा थप बिस्तार गर्दै लैजाने योजना रहेको संघका अध्यक्ष दीपक देवकोटाले बताएका छन् ।

विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य सम्राटकुमार कुसारी, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »