सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको दोस्रो अडिसन सम्पन्न : फाईनल १९ गते हुने

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयबाट सकृय भुमिका खेल्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको दोस्रो अडिसनआज सम्पन्न भएको छ ।
देशैभरबाट उपत्यकामा आई बसोबास गरिरहेका तथा यहिँका स्थानियहरुको सहभागिता रहने भनिएको यो कार्यक्रम अन्तर्गत नृत्य बिधामा ठमेल स्थित राजश्री कल्चरल डान्स सेन्टरमा भएको अडिसनबाट १७ जना फाईनलको लागि चुनिएका छन् ।
अडिसनमा निर्णायकको भुमिकामा बहुप्रतिभाको धनि, कोरीयोग्राफर, गायक तथा संगीतकार एवं गिनिजबुकमा समेत नामलेखाउन सफल मनिष श्रेष्ठ, नृत्य प्रशिक्षक दिपेस एसके, मोडल तथा नृत्य प्रशिक्षक रमेश बिष्ट (मिलन ) रहनुभएको थियो ।
आज भएको अडिसनबाट १२ बर्ष भन्दा कम उमेरका निभानी अधिकारी,नोनिमा लिङ्देन,फुर्साङ लामा,सृष्टी देउला,त्रिनभ महर्जन,रविना पाण्डे,मन्जली तामाङ,शुप्रभा नेपाली,प्रिती तामाङ,दिक्षा बुढाथोकी,कृष्मा श्रेष्ठ,जोयल तामाङ,दिवांसी थापा फाईनलको लागि चुनिएका छन् ।
त्यस्तै १२ बर्ष भन्दा बढी उमेर समुहबाट रितु लामा,स्नेहा पराजुली,पुर्णिमा तामाङ र अनिका महर्जन चुनिएका छन् ।
फाईनल कार्यक्रम आउँदो फागुन १९ गते राजश्री कल्चरल डान्स सेन्टर ठमेलमा हुने जानकारी आयोजक पक्षले गराएको छ ।
फाईनलबाट बिजेता चुन्ने कार्यकोलागि आयोजकले इ सेवा मार्फत भोटीङ र निर्णायकहरुलाई बराबरी मतभार दिने निर्णय गरेको छ । ५० प्रतिशत अंक भोटिङबाट र ५० प्रतिशत अंक निर्णायकहरुबाट लिएर बिजेता घोषणाहुने जानकारी गराईएको छ ।
भोलि १३ गतेबाट १९ गते बिहान ११ बजे सम्म भोटिङ खुल्ला रहने आयोजक संस्थाले जानकारी गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »