सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हाकिमको पद बचाउन मन्त्रीको सचिवालयलाई प्राधिकरणको गाडी उपहार

काठमाडौं । बिभिन्न संस्थानहरुको भौतिक सम्पतिको प्रयोगमा अनियन्त्रितरुपमा चरम लापर्वाही भएको तथ्यहरु बाहिरीरहँदा नेपाल विद्युत प्राधिकरणको सम्पतिमा समेत त्यस्तो पाईएको छ ।
हरेक सरकारी कार्यालयले आफुलाई आवश्यक पर्ने भौतिक साधनहरु खरिद गर्न र प्रयोग गर्न पाउने नियम भएपनि नेपाल विद्युत प्राधिकरणमा उपल्ला तहका हाकिमहरुले आफ्नो पद सुरक्षित गर्न प्राधिकरणको नाममा सवारी साधन खरिदगरि मन्त्रीको सचिवालयलाई उपहार दिएको पाईएको छ ।
नेपाल विद्युत प्राधिकरण नाममा खरिदभएका आठवटा चारपांग्रे सवारी साधन मन्त्रीको सचिवालय तथा मन्त्रालयले प्रयोग गरेको नेपाल विद्युत प्राधिकरण सामान्य सेवा विभागको तथ्यांकमा भेटिएको छ ।
तथ्यांकमा भेटिएअनुसार ईभि बा.२० च. ४१५ मन्त्रीको सचिवालय , टोयोटाकार बि एबि ८२८९ उर्जा मन्त्रालय , महिन्द्राजिप प्र.३—०१—००१ ञ ३३४० मन्त्रीको सचिवालय,टाटा ईभि बि एबि ३७४२ मन्त्रीको सचिवालय , टोयोटा फर्चुनर बा. ११ च. २५८५ उर्जा मन्त्रालय मौसम बिभाग, ईभि बि एसि २८१८उर्जा मन्त्रालय,टाटा ईभि बि एबि ३७३९उर्जा मन्त्रालय,ईभि बि एसि २८२२ उर्जा सचिवले प्रयोग गरेको पाईएको छ ।
यो नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय अन्तर्गत सामान्य सेवा विभागको सवारी शाखामा मात्र भेटिएको विवरण हो । नाम नबताउने शर्तमा त्यहाँका एक कर्मचारीले बताए अनुसार प्रतेक परियोजनामा खोज्नेहो भने यस्ता सयौं सवारिसाधनहरु दुरुपयोग भएको सजिलै भेटिन्छन् ।
विद्युत प्राधिकरणमा हाकिम भएर आउनेहरुले आफ्नो पद जोगाउन सजिलै सवारीसाधनहरु मन्त्रीको सचिवालयलाई पठाउने गरेको जानकारले बताएका छन् ।
पद जाला भन्ने डरले त्यहाँ कोहि बोल्नै मान्दैनन् ।
सांसद, पुर्वमन्त्री तथा बहालवाला मन्त्रीका सचिवालयका सदस्यहरुले यस्ता सवारी साधनको अनाधिकृत ढंगबाट प्रयोग गर्दा राज्यले ठुलो नोक्सानी बेहोर्नु परिरहेको छ ।
राजनैतिक पहुँचको आधारमा गरिने यस्ता हर्कतहरु गैरकाकुनी भएकोले तुरुन्तै यसलाई कावार्हीको दायरामा ल्याउनुपर्ने देखिएको छ ।
राज्यको सम्पतिमाथि दोहन गर्नेहरुलाई कडा भन्दा कडा कार्बाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु हामि सबैको दायीत्व हो ।

भर्खरै

सम्बन्धित खबर

Language »