सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माईतघिरको निषेधाज्ञ तोड्ने आन्दोलनमा एक साथ देखिए नेवाः अभियन्ता सुमन सायमी र मधेशी नेता राजेन्द्र महत्तो

काठमाडौँ । माईतघिरको निषेधाज्ञ तोड्ने आन्दोलनमा काठमाडौंका नेवाः अभियन्ता सुमन सायमी र मधेशी नेता राजेन्द्र महत्तो एउटै लाईनमा देखिएका छन् ।
काठमाडौंमा बिभिन्न अभियानहरु सन्चालन गरेर चर्चामा आएका अभियन्ता हरु सुमन सायमी , रविन्द्रकुमार श्रेष्ठ लगाएतले यो आन्दोलनलाई सपोर्ट गरेका थिए ।
काठमाडौंका बिभिन्न भागबाट प्रदर्शनीमार्गमा जम्मा भएर अगाडी बढेको आन्दोलनलाई भद्रकाली पुगेपछि प्रहरीले रोकेको थियो ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियाननाम दिईएको आन्दोलनले नेपाल सरकारले लागू गरेको निषेधित क्षेत्र तोड्ने प्रयास गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सीसमेत परेको थियो ।
‘हाम्रो भूमिका हामीलाई निषेध गर्न पाइँदैन’ भन्दै उनीहरू निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरतर्फ अघि बढेका थिए । यसक्रममा उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सी परेको थियो । भद्रकाली क्षेत्रमा प्रदर्शनकारीलाई रोक्ने क्रममा एक जना प्रदर्शनकारी बेहोससमेत बनेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर महतोले यति बेला छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । उनले चाँडै आफ्नो नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । आजको कार्यक्रम अघि नेता महतोले कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिएका थिए । महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ ।
नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको उपचार भइरहेको बताईएको छ । उनसहित रामन पाण्डे पनि घाइते भएका थिए । उनको उपचार पनि त्यही भइरहेको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »