सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्ची पानी चुहावट जताततै

काठमाडौं । काठमाडौंका भित्री सडकमा अहिले छताछुल्ल पानी देखिन्छ । कुनै बेला हाहाकार हुने काठमाडौंमा अहिले भित्री सडक तथा गल्ली, घरका कम्पाउन्डमा पानीका कारण हिउँदमै हिलाम्य हुन थालेको हो । यसको कारण हो– मेलम्ची पानी ।

१ माघदेखि मेलम्ची पानी पूर्णरूपमा वितरण हुँदा चुहावट पनि बढेको देखिएको छ । जसका कारण पानी वितरण समयमा नहुँदा सडकभरि छताछुल्ल भएको हो । पानी आउँदा सडकभरि छताछुल्ल हुने समस्या काठमाडौं उपत्यकाभरि नै देखिन्छ ।

महानगरपालिका–३२ की बासिन्दा भगवती श्रेष्ठले बाटोमा पानी चुहिएर हिलाम्य भएको सुनाइन् । ‘पोहोर–पोहोर पानी नआउँदा थाहा थिएन, तर अहिले त पानी आएकाले होला पूरै बाटो हिलो भएको छ । स्कुलका भुराहरू चिप्लेर लडेपछि यहीँका भाइहरूले कोदालोले खनेर साइड लगाएका छन् ।’

उनले भनेजस्तै समस्या बालकुमारी पुलमुनि पनि देखिएको छ । मेलम्ची आएदेखि दैनिक हजारौं यात्रु हिँड्ने उक्त सडक हिलाम्य हुँदै आएको छ ।

‘पुलमुनि फोहोर छ, त्यसमाथि पानी जम्न थालेको छ । पुलको सबवेमा पनि बाइक चल्नै नसक्ने गरी हिलो भएको छ,’ त्यही बाटो बाइक कुदाइरहेका एकले भने ।

मेलम्ची पानी सहर झरेदेखि नै समस्या भएको स्थानीय बताउँछन् । यसबारे काठमाडौं महानगरपालिकामा पनि व्यापक गुनासो आएको छ ।

‘अहिले पाइप फुट्यो, मिटर छैन भन्ने गुनासो आउने सामान्य जस्तो भइसक्यो,’ महनागर प्रवक्ता नविन मानन्धर भन्छन् ।

मानन्धरले लामो समयदेखि पानी नआएको कतिपय धारामा एक्कासि पानी आउँदा लिकेज (चुहावट) को समस्या देखिएको भन्दै गुनासो आउनु स्वभाविक भएको बताए ।

‘मेलम्चीको पानी केयूकेएलले हेर्ने हो, यहाँको स्थानीय सरकारको हिसाबमा महानगरका वडाहरूमा त गुनासो आइहाल्छ,’ उनले भने, ‘ यसका लागि हामीले केयूकेएलको बोर्डमा पनि भनेका छौं ।’

भर्खरै

सम्बन्धित खबर

Language »