सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको फाईनल सम्पन्न

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयबाट सकृय भुमिका खेल्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको एक्टिभ नेसनल स्टार कम्पिटिसन अन्तर्गत नृत्य बिधाको फाईनल आज सम्पन्न भएको छ ।
एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्य नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा वरिष्ठ नायक नवल खड्काले गर्नु भएको थियो
प्रतियोगिताको निर्णायकको भुमिकामा मोडल तथा नृत्य प्रशिक्षक मनिष श्रेष्ठ, नृत्य प्रशिक्षक दिपेस एसके तथा नृत्य प्रशिक्षक रमेश बिष्ट (मिलन) रहनुभएको थियो ।
गतहप्ता ठमेल स्थित राजश्री कल्चरल डान्स सेन्टरमा भएको अडिसनबाट १७ जना फाईनलको लागि चुनिएका थिए ।
१२ बर्ष भन्दा कम उमेर समुहमा मन्जली तामाङ निभानी अधिकारी,नोनिमा लिङ्देन,फुर्साङ लामा,सृष्टी देउला,त्रिनब महर्जन,रविना पाण्डे, ,शुप्रभा नेपाली,प्रिती तामाङ,दिक्षा बुढाथोकी,कृष्मा श्रेष्ठ,जोयल तामाङ,दिवांसी थापाले फाईनलको लागि प्रतिस्पर्धा गरेकोमा सृष्टी देउलाले सबैलाई उछिन्दै प्रथम स्थान हासिल गर्न सफल भएकी थिईन् ।
१२ बर्ष भन्दा कम उमेर समुहमा प्रथम सृष्टी देउला, दोस्रो त्रिनब महर्जज,तेस्रो मन्जली तामाङ र सान्त्वना तथा चौथोमा फुर्साङ लामा भएका थिए । यो उमेर समुहमा सबै भन्दाबढी भोट ल्याउने रबिना पाण्डे लाई भोटीङ पब्लिक च्वाईस,निर्भानी अधिकारी लाई भेषभुसा,दिक्षा बुढाथोकीलाई बेष्ट डान्सर,नोनिमा लिङ्देनलाई उत्कृष्ट हाउभाउ र कृष्मा श्रेष्ठलाई अनुसासन को उपाधि दिर्यएको थियो ।

त्यस्तै १२ बर्ष भन्दा बढी उमेर समुहबाट रितु लामा,स्नेहा पराजुली,पुर्णिमा तामाङ र अनिका महर्जनले फाईनलको लागि प्रतिस्पर्धा गरेकोमा सबैलाई पछि पार्दै रितुलामाले प्रथम उपाधि हातपारेकी थिईन ।
१२ बर्ष भन्दा माथि समुहमा प्रथम रितु लामा, दोस्रो अनिका महर्जन, तेस्रो स्नेहा पराजुली र सान्त्वना तथा चौथोमा पुर्णिमा तामाङ भएका थिए ।
फाईनलबाट बिजेता चुन्ने कार्यकोलागि आयोजकले इ सेवा मार्फत भोटीङ र निर्णायकहरुलाई बराबरी मतभार दिने निर्णय गरेको थियो । ५० प्रतिशत अंक भोटिङबाट र ५० प्रतिशत अंक निर्णायकहरुबाट लिएर बिजेता घोषणाहुने जानकारी गराईएको थियो सोहि अनुरुप बिजेता घोषणा भएको आयोजक पक्षले जानकारी गराएको छ ।
सबै बिजेताहरुलाई प्रमुख अतिथि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको हातबाट अवार्ड र प्रमाणपत्र दिईएको थियो ।

कार्यक्रममा निर्णायकको भुमिकामा रहेर उत्कृष्ट कार्य सम्पादन गरेकोमा मनिस श्रेष्ठ, दिपेस एस.के. र रमेश बिष्टलाई जर्ज सम्मान गरिएको थियो भने आमन्त्रित जर्ज सम्मानबाट शिवम् पोख्रेललाई सम्मान गरिएको थियो ।
यस्तै मिडिया पार्टनरको रुपमा उत्कृष्ट कार्यसम्पादन गरेकोमा सारा खवरका डि.बि.पराजुली सम्मानित हुनुभएको थियो ।
कला सम्मान २०८० बाट वरिष्ठ एरेन्जर राजु खड्का तथा मोडल÷कलाकार गणेश कुँवर सम्मानित हुनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »