सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालको नम्बर एक ब्युटी पार्लरले गर्यो यस बर्ष को विद्यार्थीहरुलाई दिक्षित समारोह

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सैलुन फेसियल हाउसले यो वर्षको दिक्षान्त समारोह सम्पन्न गरेको छ । फेसियल हाउसबाट सौन्दर्यकलासम्बन्धी सिपमूलक तालिम लिएका विद्यार्थीहरूलाई दिक्षित गर्न समारोह आयोजना गरिएको हो ।

समारोहमा सिप हासिल गरेका ४६ जनालाई दिक्षित गरिएको छ । फेसियल हाउसबाट यो वर्ष १८० जनाले यस्तो तालिम लिएका थिए । तर, तालिम लिएकामध्ये अधिकांश दिक्षान्त समारोहअघि नै रोजगारीको खोजी गर्दै विभिन्न देश गइसकेकाले समारोहमा ४६ जनालाई मात्र दिक्षित गर्न सकिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटिसियन सुष्मा महराले जानकारी दिइन् ।

फेसियल हाउसले हरेक वर्ष साढे दुईसय जना जतिलाई यस्तो तालिम प्रदान गर्दै आएकामा यो वर्ष केही संख्या घटेको हो । ‘हामीले हरेक वर्ष २४० देखि २५० जनासम्मलाई यस्तो तालिम दिएर पासआउट गर्ने गरेका थियौँ । तर, यो वर्ष विविध परिस्थितिका कारणले हुनसक्छ त्यो संख्या केही घटेको छ,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘पहिला सिप सिकेर नेपालमै आ–आफ्नो गृहनगरमा गएर स्वरोजगार बन्ने वा रोजगारी गर्ने चलन थियो । तर, पछिल्लो समय त्यस्तो प्रवृत्ति हराउँदै विदेश जाने क्रम बढेको छ ।’ सिप सिकेकामध्ये धेरै कमले मात्र स्वदेशमै काम गरिरहेको र अधिकांश विदेसिएको उनको भनाइ छ ।

अहिले दिक्षित भएका विद्यार्थीहरू पनि ढिलोचाँडो विदेशकै तयारी गरिरहेको महराले जानकारी दिइन् । यसैबीच फेसियल हाउसको दिक्षान्त समारोहमा दुईवटा केक काटिएको छ । त्यसमध्ये एउटा सत्यको जित भएको खुसीयाली र अर्को सिप प्राप्त गरेका विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै ‘बेष्ट विसेस फर दि फ्युचर’को नाममा काटिएको हो । महराविरुद्ध अध्यागमन विभागकी कर्मचारी बन्दना कर्णले हालेको मुद्दा जितेको खुसीयालीलाई ‘सत्यको जित’ भन्दै केक काटिएको हो ।

के थियो फेसियल हाउस र बन्दना कर्णबीचको विवाद ?

गत असार २७ गते दिउँसो कार्यालय समयमा फेसियल हाउसको आउटलेट चाबाहिलस्थित केएल टावरमा आएर सेवा लिएकी अध्यागमन विभागकी शाखा अधिकृत बन्दना कर्णले सेवा लिएपछि सेवाशुल्क तिर्नेबेला लफडा निकालिन् । फेसियल हाउस नै बन्द गराउँछु भनेर उनले तत्काल प्रहरीलाई बोलाइन् ।

प्रहरीले दुबै पक्षलाई प्रहरी कार्यालय गौशालामा लगी मिलापत्र गरेर पठाइदियो । तर, कर्ण त्यत्तिकैमा रोकिइनन्, उनले आफ्नो पदको दुरुपयोग गरी महरालाई जसरी पनि पक्राउ गर्नुपर्ने दबाब सृजना गर्दै मिलापत्र भइसकेको विषयमा पुन: प्रहरी कार्यालयमा अर्को उजुरी दर्ता गरी पक्राउ पुर्जी जारी गराइन् । कर्णको यो रवैयापछि सुष्मा महराले न्यायका लागि उच्च अदालत पाटनमा निवेदन दर्ता गराइन् । निवेदनउपर उच्च अदालतले कर्णको आरोप पुष्टि गर्ने प्रमाण नपुग्ने भन्दै महराको पक्षमा फैसला दियो ।

त्यसपछि पनि अदालती फैसलाको अवज्ञा हुनेगरी कर्णले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा चलाइ पक्राउ गराउन खोजेपछि ब्युटीसियन महरा पुन: उच्च अदालत पुगिन् ।

उक्त निवेदनउपर उच्च अदालतले दोस्रो पटक पनि महराकै पक्षमा अन्तरिम आदेश दिएको छ । सबैतिर मुद्दा हारेपछि कर्णले महरालाई विभिन्न धाकधम्की दिँदै मानसिक तनाव दिनथालेको महराले बताईन् ।

भर्खरै

सम्बन्धित खबर

Language »