सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्रीको जागिर अस्थाई मुखियाको जागिर जस्तो भयो : राम प्रसाद न्यौपाने

काठमाडौं । राजनैतिक अस्थिरताको कारण देश बर्बादहुन लागेको भन्दै यतिबेला सामाजिक सन्जाल मार्फत धरैले बिभिन्न खाले प्रतिकृयाहरु जनाईरहेका छन् ।
यसैबिच काठमाडौं महानगरपालिका वडा नम्बर ४ नेपाली काँग्रेसका सभापति तथा समाजसेवी रामप्रसाद न्यौपानेले आफ्नो आधिकारीक फेसबुक वाल मार्फत असन्त्ुष्टि व्यक्त गर्नु भएको
राजनैतिक अस्थिरता नेपालको दुर्भाग्य भयो । एक पटक मन्त्री बन्दा आफ्ना आसेपासे, नाता गोता लाई स्वकिय सचिवमा जागिर लगाउने देखि विदेश शयर र मोज मस्ति गराउने भन्दा कुनै काम गर्न नसकेको भन्दै न्यौपानेले असन्तुष्टि व्यक्त गर्नु भएको हो ।
न्यौपाने भन्नुहुन्छ “नेपालको दुर्भाग्यभई सक्यो,हे प्रभु एकपटक मन्त्री बन्छन्,पिए, स्वकिय सचिब देखि आसे पासे सम्मले जागिरपाए ,बिदेश घुमनपाए ,त्यसको बाउको काट्टो खाएजसरि पैसा,यश आराम पाय अब बिदाभए,फेरिआउछन् ,लुटछन् जान्छन् कतिदिन सम्म यस्तो चल्छ ?बिदेश भ्रमण भनेको पैसा लुकाउन जाने हुन् सबै पिय देखि स्वकीय सम्मको सम्पत्ति जफत गर्नु पर्छ । कसैको आँटछ ? बिचरा नेपाल……..लठेतहरूको पछिलाग्ने मात्रै हामीहरूरहेछौं । नेपालको दोहन कतिदिन हेरेर बस्ने ?”

भर्खरै

सम्बन्धित खबर

Language »