सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हर ब्यवसायीहरुको दुःख सुखमा महासंघ हुनुपर्छ : अध्यक्ष ठुलोबाबु श्रेष्ठ

काठमाडौ । बारा जिल्लाको निजगढमा भएको दुर्घटनामा परि निधन भएका रेशम जर्गा मगरको निवासमा गई ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको केन्द्रिय कार्यालयको तर्फबाट शोक सन्तप्त परिवार जनमा समबेदना प्रकट गरि स्थलगत रीपोर्ट लिईएको छ ।
हर ब्यवसायीहरुको दुःख सुखमा महासंघ हुनुपर्छ भन्ने मान्यता साथ मृतक परिवार लाई केही राहत समेत दिएको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले बताउनु भयो ।
दुर्घटनामा परि निधन भएका तथा घाईते व्यवसायी तथा कामदार कर्माचारीको परिवारलाई राहत ऊपचार खर्च क्षतिपुर्ती को लागि ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको केन्द्रिय कार्यालयबाट घटनास्थलमा पुगेका टोली तथा बारा जिल्लाका ब्यवसायीहरु सहित जिल्ला प्रशासन कार्यलय बारामा पुगेर प्रमुख जिल्ला अघिकारी मार्फत माग गर्र्नुका साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा कार्वाहि गर्नु पर्ने भन्दै ग्रील तथा स्टिल व्यवसायी महासंघको तर्फबाट ध्यान आर्कसन पत्र बुझाएको छ ।
महासंघको टोली त्यहाँ पुग्दा त्यस क्षेत्रका राजनैतिक ब्याक्तित्व ,बुद्धिजीवी तथा ब्यवसायीले साथ सपोर्ट गर्नु भएको भन्दै महासंघले त्यसकालागि हार्दिक आभार ब्यक्त गरेको छ ।
यो कार्यमा महासंघका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले साथ दिनु भएको प्रती अध्यक्ष श्रेष्ठले धन्यवाद समेत ब्यक्त गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »