सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हनीट्राप गरेको प्रमाण ल्याउन शोभा पाठकको मिडिया हाउसहरुलाई चुनौति

काठमाडौँ । नेकपा( एमाले)को प्रभावशालि युवा नेता महेश बस्नेत संगको सम्बन्धलाई लिएर सामाजिक सन्जालमा चर्चामा मा रहेकी शोभा पाठकले आफ्नो चरित्रहत्या गरेको भन्दै केहि अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छिन् ।
आफ्नो आधिकारीक फेसबुक आडिबाट लाईभ गरेर आफ्ना बिरुद्ध लाग्ने मिडियाहाउस हरुलाई पाठकले प्रमाण पेश गर्न चुनौति दिएकी छिन् । यदि साँचिनै हनी ट्राप भएको भए को को पिडितहुन् तिनिहरु आउनु पथ्र्यो किन मिडियाको टाउको दुखाई भयो भन्दै उनीले आफु बिरुद्ध लाग्ने मिडियाहाउसहरुलाई कानुनी कठघरामा उभ्याउने समेत बताईन
सबै मानिसको निजि जिवन र निजि जिवनको गोपनियता हुने भन्दै पाठकले अरुको जिवन बर्वाद बनाउन लागि पर्ने कोहि कसैलाईपनि भलो नहुने बताईन् ।
केहि दिन अगाडी बानेश्वर नजिकै रहेको आफु बस्ने अपार्टमेन्टमा दिउँसै मोबाईल तथा सुनका गहनाहरु लुटपाट भएको घटनाका दोषिहरुलाई पक्राउ गरि कार्बाही गर्न उनीले प्रहरीमा समेत उजुरी दर्ता गराएकी थिईन् ।
पाठकले केही अनलाइनले चरित्रहत्या गर्ने मनसायले आफ्नो व्यत्तिगत फोटो तथा एकपक्षीय समाचार सम्प्रेषण गरेको भन्दै कारबाही माग गर्दै आइतबार प्रेस काउन्सिलमा निवेदन दिएकी हुन् ।
उहाँले आफ्नो निजी जीवनसँग सम्बन्धित विषयलाई लिएर केही अनलाइनले आफ्ना दाजुभाई तथा पूर्वपतिसँगको फोटो जोडेर ‘हनी ट्रयाप जस्तो जघन्य अपराध गरेको, अर्काको जग्गा हडपेको र विभिन्न व्यक्तिलाई फसाउन खोजेको’ लगायतका समाचार एकपक्षीय रुपमा प्रकाशित गरेर आफ्नो चरित्रहत्या गरेको दाबी गर्दै ती अनलाइनलाई कारबाहीको माग गरेकी छिन् ।
विभिन्न ५ अनलाइन न्यूज पोर्टलले आफ्नो गोपनीयता उल्लंघन गरेको हुँदा ती न्यूज पोर्टललाई कारबाही गर्न माग गर्दै उहाँले झूठा समाचार हटाउन समेत माग गरेकी छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »