सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उत्कृष्ट राष्ट्रिय कृषक सम्मान — २०८० बाट कृषि उद्यमी दिपकप्रसाद न्यौपाने सम्मानित

काठमाडौं । करिब आधा दर्जन जति व्यापारिक तथा व्यवसायीक संस्थाहरुमा आवद्ध भई कृषि कर्मदेखी आयातित सामानलाई नेपाली कच्चा पदार्थबाट उत्पादन गर्ने सम्मका काममा लाग्नुभएका एन.सि. एग्रोटेक इण्डष्स्ट्रीज प्रा.लि, कृषक ग्रुप प्रा.लि., लक्ष्य नेपाल ट्रेडिङ्ग प्रा.लि. र एच एम इण्डष्ट्रीजका संस्थापक सञ्चालक, हिमालचुली कृषि सहरकारी संस्था लिमिटेडमा उपाध्यक्ष, राष्ट्रिय कृषि तथा व्यापार व्यवसाय संघसंस्थाहरु मार्फत सल्लाहकार तथा पदाधिकारी रही योगदान पुर्याउदै आउनु भएका दिपक प्रसाद न्यौपाने सम्मानित हुनु भएको छ ।
बुधबार फोकस नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भव्य समारोहका बीच न्यौपानेलाई सम्मान गर्नु भएको हो ।
सम्मानित दिपक प्रसाद न्यौपानेले देशलाई कृषिमा अत्मनिर्भर बनाउदै उत्पादनशिल क्षेत्रमार्फत अर्थतन्त्रलाई टेवा पुर्याउने उदेश्यका साथ कृषि क्षेत्र लाई पहिलो प्राथमिकता दिदै देशको अर्थतन्त्रलाई सबल बनाउने र स्वदेशमै स्वरोजगार दिदैं नेपाललाई दाँत कोट्याउने टुथपिकमा आत्मनिर्भर तुल्याउने प्रयास गर्दै ठुलो स्केलमा च्याउ लगायतका कृषि उपज उत्पादन गरि उत्पादनशिल क्षेत्रमार्फत राष्ट्र सेवामा विशिष्ठ योगदान पुर्याउदै समाज प्रति उत्तरदायि भई विभिन्न संघसंस्थाहरु मार्फत तथा व्यक्तिगत रुपमा पनि उहाँ मानवसेवा, सामाजिक तथा धार्मिक कार्यमा रहेर व्यवसाय तथा समाज सेवामार्फत र्पुयाउँदै आउनु भएको महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।
सम्मानित दिपक न्यौपानेको परिचय
दिपक प्रसाद न्यौपाने कृषि अभियन्ता साथै उद्यमी व्यवसायी हुनुहुन्छ । वि.सं. २०३६ साल साउन २५ गतेको दिनमा पाल्पा जिल्ला स्थित जाल्पा गा.वि.स.मा उहाँको जन्म भएको हो । पिता बुद्धिसागर न्यौपाने र माता टिका कुमारी न्यौपानेका तीन भाई छोरा र एक छोरी अर्थात कुल चार सन्तान मध्येमा उहाँ माईलो हुनुहुन्छ । उहाँ हाल स्थायी रुपमा बर्दघाट न.पा.४, नवलपरासी साथै टोखा न.पा.वडा नं.७, काठमाडौंमा बसोबास गर्दै आउनुभएको छ ।
न्यौपानेले व्यवस्थापन संकाय अन्तर्गत वि.वि.एस. सम्मको अध्ययन पुरा गर्नुभएको छ । अध्ययन गर्दै शिक्षण पेशा र विभिन्न उद्योग, संघसंस्था गरि १० वर्ष सम्म जागिरे जीवन व्यथित गर्नुभए पस्चात उहाँ विगत १५ वर्षदेखी व्यापार व्यवसायमा सकृय रहदै आउनुभएको छ । आँफै केही गर्नुपर्छ भन्ने भावनाका साथ आफू व्यापार व्यवसायमा होमिएको उहाँ बताउनुहुन्छ ।त्यसो त यस माझमा उहाँले उद्योग, ट्रेडिङ्ग (मार्ट), आयात र कृषिसँग सम्बन्धीत उत्पादन, बिक्री वितरण जस्ता उद्योग व्यापारको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल हुनुभएको छ ।
उहाँले कृषिलाई पहिलो प्राथमिकता दिदै देशको अर्थतन्त्रलाई सबल बनाउने र स्वदेशमै स्वरोजगार भई करिब २०० जनालाई निरन्तर रोजगार दिदैं आउनु भएको पनि छ । उहाँ सम्बद्ध कम्पनीले नेपाललाई सिंकामा आत्मनिर्भर तुल्याउनुका साथै ठुलो स्केलमा च्याउ लगायतका कृषि उपज उत्पादन गरि उत्पादनशिल क्षेत्रमार्फत राष्ट्र सेवामा विशिष्ठ योगदान पुर्याउदै आएका छन् ।
समाज प्रति उत्तरदायि भई विभिन्न संघसंस्थाहरु मार्फत तथा व्यक्तिगत रुपमा पनि उहाँ मानवसेवा, सामाजिक तथा धार्मिक कार्यमा विगत लामो समय देखी निकै सकृय हुनुहुन्छ । न्यौपानेले व्यवसाय तथा समाज सेवामार्फत पुर्याउदै आउनु योगदानको कदर गर्दै विभिन्न सामाजिक संघ संस्था तथा निकायहरुले उहाँ लाई सम्मान समेत गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »